हङकङ आगलागीः छोराको जन्मदिन मनाउन नपाउँदै एकै नेपाली परिवारका चार जनाको गयो ज्यान

siddhartha wheel mart

हङकङको जोर्डनमा आइतबार राति भएको आगलागीमा एउटै नेपाली परिवारका चार जनाको ज्यान जाँदा परिवारका अन्य सदस्य र नेपाली मसुदाय शोकमा डुबेका छन्।

तिहारको अवसर समेत पारेर तीन वर्षीय छोराको जन्मदिन मनाउन नेपाली रेष्टुरेन्टमा भेला भएका बागलुङका युवराज कँडेल, उनकी छोरी कृतिका, ज्वाइँ राजबाबु नेपाल र भान्जा रायन नेपालको आगलागीमा परेर ज्यान गएको हो।

aawash steels

चिन्ताजनक अवस्थामा रहेका युवराजकी श्रीमति, भाइ, बुहारी, भतिज र भतिजीसहित पाँच जनाको उपचार भइरहेको छ।

हङकङ निवासी बागलुङका युवराज कँडेल आइतबार साँझ आफ्नो छोराको जन्मदिन मनाउन जोर्डनको जिरे खुर्सानी रेष्टुरेन्टमा पुगे।

super kinetic courier

जोर्डनको क्यान्टोन रोड र साइगोन रोडको छेउमा रहेको ६७ वर्ष पुरानो आवासीय घरको पहिलो तलामा रहेको ‘जिरे खुर्सानी क्लव’ नामको आठ सय स्क्वायर फिटको यो सानो रेष्टुरेन्ट नेपालीले नै सञ्चालन गर्दै आएका थिए। हङकङमा ‘भट्टी’ ‘दुले रेष्टुरेन्ट’ जस्ता उपनामले चिनिने यस्ता साना रेष्टुरेन्टलाई दिनभर काम गरेर फर्केका नेपालीहरूले खाँदै–पिउँदै रमाइलो गर्ने थलो बनाउँदै आएका छन्।

नेपालीको बाक्लो बस्ती रहेका जोर्डन, याउमातेइ क्षेत्रमा करिब ८० वटा यस्ता रेष्टुरेन्ट रहेको अनुमान छ, जुन प्रायः क्लवका नाममा सञ्चालन हुने भएकाले दर्ता गरेर लाइसेन्स लिने जस्ता कानुनी प्रक्रिय पूरा गरेका हुँदैनन।

बागलुङ समाज हङकङका आजीवन सदस्य समेत रहेका कँडेलको साथमा थिए, उनकी श्रीमति गीता कँडेल, छोरी कृतिका कँडेल र ३ वर्षीय छोरा।

स्वाभाविक रुपमा छोराको जन्मदिनका निम्तालु परिवारका सदस्य, आफन्त र नजिकका साथीभाइ नै हुन्छन्।

युवराजका छोराको जन्मदिन मनाउन पुगे, उनकी बहिनी तुल्सी नेपाल, उनका श्रीमान राजबाबु नेपाल, उनीहरूका ठूलो छोरा रायन नेपाल र ७ वर्षीय कान्छो छोरा।

युवराजका भाइ कृष्णबहादुर कँडेलका परिवार पनि भतिजको जन्मदिन पार्टीमा निम्त्याइएका थिए। बागलुङ समाज हङकङका कार्यसमिति सदस्य समेत रहेका कृष्णबहादुर कँडेल श्रीमति देविका कँडेल, सुरक्षा कँडेल र छोरा सालिग्राम कँडेलका साथमा रेष्टुरेन्ट पुगेका थिए।

प्रत्यक्षदर्शी घाइतेहरूलाई उधृत गर्दै हङकङका केही नेपाली सामाजिक अगुवाहरूले गरेको ब्रिफिङ अनुसार युवराजको ३ वर्षीय छोराको जन्मदिनको केक काट्ने तयारी हुँदै गर्दा साँझ करिब ८ः३५ बजे अचानक आगलागी सुरु भयो, जुन निभाउने रेष्टुरेन्ट सञ्चालकको प्रयास असफल भएपछि त्यसले बिस्फोटक रुप लियो।

‘आगो दन्किएपछि रेष्टुरेन्टको ढोका र झ्यालबाट भाग्न पनि सम्भव भएन, अनि हामी केही ट्वाइलेटभित्र छिरेर जोगियौं’, एक जना प्रत्यक्षदर्शीलाई उधृत गर्दै एक सामाजिक अभियन्ताले भने, ‘ रेष्टुरेन्टको डाइनिङमा भएकालाई आगोले लपेट्यो, हामी निस्कने बेला हेर्दा उनीहरू भुइँमा लडिरहेको दर्दनाक दृश्य देख्यौं।’

प्रहरी र अग्नी नियन्त्रक सुरक्षाकर्मीले जलेर भुइँमा लडेका मानिसहरू उठाएर उद्धार गरेको थियो। शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा अस्पताल पुर्याइएका युवराजको परिवारका चार जनाको तत्कालै मृत्यु भयो। 

HK Fire5
क्वीन एलिजावेथमा बिनिता तामाङको शव आफन्तले रुजु गरेका छन् ।

हङकङ सरकारले दिएको विवरणहरू अनुसार ३८ वर्षीय युवराजको मृत्यु क्वांग वाह अस्पताल भएको छ भने १३ वर्षीया छोरी कृतिकाको मृत्यु क्वीन एलिजावेथ अस्पतालमा। क्वांग वाह अस्पतालमै उनका ज्वाइँ ३५ वर्षीय राजबाबु नेपाल र ९ वर्षीय भान्जा रायनको मृत्यु भएको छ।

चिन्ताजनक अवस्थामा रहेका युवराजकी श्रीमति गीता कँडेलको प्रिन्स मार्गरेट अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै क्वीन एलिजावेथ अस्पतालमा उपचार भइरहेका युवराजका भाइ कृष्णबहादुर कँडेल, बुहारी देविका कँडेल, १८ वर्षीया भतिजी सुरक्षा कँडेल र चाइ वान अस्पतालमा उपचार भइरहेका १३ वर्षीय भतिज सालिग्राम कँडेलको अवस्था चिन्ताजनक रहेको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…