मुटुरोगमा विशेषज्ञताको आधारशिला तयार गर्ने डाक्टर झालाई मृत्युको मुखमा पार्यो कोरोनाले

siddhartha wheel mart

तिहारका दिन सोमबार बिहानै आएको एक अपत्यारिलो खबरले काठमाडौं मोडल अस्पतालका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. राजेशध्वज जोशीलाई स्तब्ध बनायो।

उनका बालसखा, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सुनिलचन्द्र झाको कोरोना संक्रमणका कारण निधन भएको खबर आउँदा एकछिन उनले केहि सोँच्नै सकेनन्।

aawash steels

केही दिनदेखि कोरोनासँग जुधिरहेका डा. झा त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरको सहायताले श्वास लिइरहेका थिए। कसैको मन नदुखाउने, मिलनसार, हृदयी स्वभावका झाले कोरोना संक्रमणलाई परास्त गर्ने विश्वास डा. जोशीको थियो।

‘तर उनले कोरोनासँगको लडाई हारे। भगवानले पनि राम्रो मान्छेलाई चाँडै लैजान्छ भने जसरी उनको निधन भयो,’ जोशीले बाल्यकालदेखिका आफ्ना सहपाठीलाई सम्झदै भने।

super kinetic courier

जोशीको घर काठमाडौंको पुरानो वस्ती मरुटोलमा थियो। त्यसको पाँच मिनेटको पैदल दूरीमा रहेको मरुहिटीमा झाको परिवार बस्थ्यो।

दुबैजनाले २०२२ सालदेखि सँगै ल्याब स्कुलबाट अक्षारम्भ गरेका हुन्।

ल्याब स्कुल त्यसबेला अहिलेको लाजिम्पाटस्थित र्‍याडिसन होटल भएको ठाउँनजिकै थियो। पछि कीर्तिपुर सर्‍यो। कीर्तिपुरमा सर्दासमेत उनीहरुको साथ छुटेन।

‘पढाईमा सानैदेखि उ अब्बल थियो। दिमाग पनि तीक्ष्ण,’ जोशी सम्झन्छन्, ‘म नेवारको छोरा भएर राम्रोसँग नेवार बोल्न आउँदैनथ्यो। तर साथ संगतले मात्रै उसले फरर नेवारी बोल्थ्यो।’

ल्याब स्कुलबाटै २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनीहरु अस्कल क्याम्पसमा आईएस्सी भर्ना भए। पढाईमा अब्बल मान्छे डाक्टर बन्नुपर्छ भन्ने सबैकाे प्राेत्साहनका कारण उनीहरुले विज्ञान विषय रोजे। उनीहरुले आईएस्सी पनि राम्रै अंकका साथ उत्तीर्ण गरे।

त्यसबेला भारतमा एमबीबीएस अध्ययनका लागि भारतीय दूतावासले कल्चरल एक्सचेन्ज प्रोग्राम अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउँथ्यो।

त्यसमा छनोट भए अध्ययन शुल्क आधाआधी दूतावासले व्यहोरिदिन्थ्यो। झाले पनि आवेदन दिए। नाम निकाले र दिल्लीस्थित प्रतिष्ठित अलइण्डिया इन्स्टिच्युट् अफ मेडिकल साइन्स(एम्स)मा एमबीबीएस अध्ययनका लागि पुगे।

DrSunilChandraJha 2 gs

यता जोशी भने एमबीबीएस अध्ययनका लागि कोलकत्ता लागे। एमबीबीएसको अध्ययनपछि उनी पनि एमडी अध्ययनका लागि एम्समैै भर्ना भए। झन्डै आधादशक पछि यी दुई बालसखाको दिल्लीमा पुर्नमिलन भयाे।

जोशीका अनुसार उनीहरुले सन् १९९१ मा एमडी सकेर नेपाल फर्केका हुन्। त्यसपछि झाले त्रिवि अस्पतालमा डाक्टरी अभ्यास सुरु गरे। क्रमशः सिनियर कन्सल्टेन्ट, सहायक प्राध्यापक हुँदै झा प्राध्यापक बने।

पछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर खुलेपछि झा त्यसमै आवद्ध भए। अहिले उनी कार्डियोलोजी विभागका प्रमुख थिए।

कोरोना संक्रमणको जोखिमबीच झा मनमोहन कार्डियोथोरासिक सेन्टर र नर्भिक अस्पतालमा नियमित बिरामीको उपचारमा खटिएका थिए।

यहीबीच असोज अन्तिम साता उनीसहित परिवारका सदस्यलाई लक्षणसहितको संक्रमण पुष्टि भयो। त्यसलगत्तै नर्भिक अस्पतालमा भर्ना भएका झाको अवस्था जटिल भएपछि कात्तिक पहिलो साता त्रिवि अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो।

पहिलेदेखि मधुमेह र पार्किन्सनका बिरामी झालाई गम्भीर खालको निमोनिया देखियो। तीन साता भेन्टिलेटरमा राखेर रेम्डेसिभिर, प्लाज्माथेरापी विधिबाट उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएन।

मुटुको गती अनियमित हुने र ब्लड प्रेसर कम हुने क्रम रोकिएन। विस्तारै विभिन्न अंगले काम गर्न छाडे।

सबैका प्रिय डाक्टर झा सोमबार संसारबाटै बिदा भए।

झाको निधनको खबरपछि उनका अर्का नजिकका बालसखा तथा सामाजकल्याण परिषद्का पूर्व सदस्यसचिव शरद शर्मालाई तारन्तार साथीभाइ र आफन्तहरुको फोन आइरहेको छ।

अत्यन्त मिलनसार मित्रको निधनले आफू स्तब्ध भए पनि उनी अहिले सबैलाई सम्झाई बुझाई गर्दैछन्।

‘चैतको पहिलो हप्तापनि हाम्रो सँगै बस्ने योजना थियो। कोरोनाका कारण सम्भव भएन। तर पनि सामाजिक सञ्जाल, ग्रुप च्याटमा हामीबीच सूचनाहरु आदानप्रदान भइरहन्थ्यो,’ शर्माले नेपालखबरसँग भने, ‘उनलाई संक्रमण भएपछि एक महिनादेखि हामीले उनका लागि प्रार्थना गरिरहेका थियौं। यति राम्रो मान्छे यति चाँडै जालान् भनेर हामीले कल्पनै गरेका थिएनौं।’

‘जोसँग पनि मिल्ने खालको मान्छे। जहाँ जसलाई जे सहयोग चाहियो त्यहाँ पुगिहाल्थे उनी,’ शर्माले थपे, ‘कामप्रति एकदमै कटिवद्ध थिए। अहिलेपनि डिउटी निभाउँदा निभाउँदै आफै पनि संक्रमित हुनपुगे। ६१ वर्षको उमेरमै हामीले उनलाई गुमाउँनुपर्‍यो।’

हाल भैसीपाटीमा बस्दै आएका झाका श्रीमती, छोरा, बुहारी र नातिनी छन।

त्रिवि शिक्षण अस्पतालका पूर्वनिर्देशक प्रा.डा.प्रेम खड्गाका अनुसार डाक्टर झा अस्पतालमा सबैका प्रिय पात्र थिए।

‘एकदमै मिलनसार, सबैसँग कुरा गर्ने, उपचारमा कुनै कमी हुन नदिने, पेशामा दिलोज्यान एक गरेर काम गर्ने मान्छे हुनुहुन्थ्यो,’ खड्गाले सम्झिए, ‘विधार्थीहरुका प्रिय पात्र हुनुहुन्थ्यो। कर्मचारी र बिरामी पनि उहाँबाट प्रभावित हुन्थे। उहाँले विभागलाई पनि एकजुट बनाएर लग्नुभएको थियो।’

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…