शरीर जोडिएका दुई शिशुको जन्म

siddhartha wheel mart

बाग्लुङ, मङ्सिर ३ । प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छन्।

पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पताल, बागलुङमा सोमबार शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी हुन्।

aawash steels

प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो । पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै उहाँलाई धौलागिरि अस्पताल बागलुङमा पठाएको हो।

‘उहाँ सोमबार साँझ अस्पताल आइपुग्नु भएको थियो, मंगलबार बिहान शिशु जन्मिएका हुन्,’ अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले भने।

super kinetic courier

शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताए। रासस

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रचण्डले दिए…

काठमाडौं,फाल्गुन १९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बधबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रस्टीकरण दिएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको…

सेयरबजारमा ३९.२३ अंकको गिरावट

काठमाडौं,फाल्गुन १९ । सेयरबजारमा ३९.२३ अंकको गिरावट आएको छ। बुधबार नेप्से उक्त अंकले घटेर २४ सय १६ विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार क…

देउवा: प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने

काठमाडौं,फाल्गुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त धारणा…

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको…

काठमाडौं,फाल्गुन १९ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको वार्ता हुने भएको छ। बुधबार विहान भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक पेरिसडाँडामा सुरु

काठमाडौं,फाल्गुन १९ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सकिएर केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बिहान साढे ११ बजे सुरु भएको…