प्रचण्डले बैठक नरोक्ने अडान लिएपछि पोखरेल र पौडेलसँग छलफलमा जुटे ओली

काठमाडौं , मङ्सिर २ । बुधबारका लागि बोलाइएको पार्टी सचिवालयको बैठकबारे आपसी रणनीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री तथा पार्टी महासचिव बिष्णु पौडेल बालुवाटारमा छलफलमा जुटेका छन्।

भोलीका लागि बोलाइएको पार्टी सचिवालय बैठक कुनै हालतमा नरोक्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अडान लिएपछि आगामी रणनीति तय गर्न तीन नेताबीच छलफल भइरहेको हो।

स्रोतका अनुसार मध्यान्ह १२ बजेदेखी पोखरेल बालुवाटार मै छन्। कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै पार्टी महासचिव पौडेल पनि बालुवाटार पुगेका हुन्।

भोलिको बैठक रोकेर सहमतिको प्रयास जारी राख्न पौडेल दौडधुप गरिरहेका छन्।

पौडेलले प्रचण्डलाई भेटेर उनले शुक्रबार सचिवालयमा पेस गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।

उनको सो प्रस्ताव प्रचण्डले अस्वीकार गरेपछि प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिव आपसी रणनीति तय गर्न बालुवाटारमा जुटेका हुन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…