जब नर्स भाइटीका लगाउन बिरामीको बेडमा पुगिन्…

siddhartha wheel mart

चितवन , मङ्सिर २ । बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउने कुरै भएन। सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको शैय्यामै टोलाएर बस्छन्। 

तर, चितवन मेडिकल कलेज भरतपुरमा सोमबार फरक दृश्य देखियो। अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्सले दिदीबहिनी बनेर भाइटीका लगाइ दिए। पर्व सम्झँदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो। बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले।

aawash steels

नर्सहरुले शय्यामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाइदिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए। अस्पतालमा उपचाररत् १ सय ५७ जना बिरामीलाई नर्सहरुले भाइटीका लगाइदिएका हुन्।

अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उहाँहरुकै शय्या पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको बताइन्। ‘हामीले पनि आफ्ना दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरुले लगाउन पाउनु भएको थिएन । जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदिएका हौँ,’ उनले भनिन्।

super kinetic courier

नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ। पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उनले बताइन्। बरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको बताउँछन्।

भरतपुर महानगरपालिका १० का ४३ वर्षीय मधुकर लामाले पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भए जस्तो अनुभव भएको बताए। लामा मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल, भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाउँदा निकै खुसी लागेको बताउँछन्। अस्पतालले दिएको मायाले धेरै खुशी लागेको उनले बताए।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताए। बिरामीलाई नर्सहरुले टीका लगाउनुको साथै भाइमसला, फलफूल तथा मिठाइ दिएका थिए भने बिरामीले पनि दक्षिणा दिएका थिए। 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…