आगलागी पिडित रेफ्रीलाई नगद सहयोग

मङ्सिर १,दोलखा । आगलागी पिडित राष्ट्रिय युवा रेफ्रि हरिष कार्कीलाई दोलखा जिल्ला फुटबल संघले नगद सहयोग गरेको छ । संघको पहलमा सहयोग स्वरुप ६७ हजार ७ सय रुपैयाँ रेफ्रि कार्कीलाई पठाइएको हो ।
कार्कीका लागी जापानमा रहनुभएका दोलखाली फुटबल खेलप्रेमीबाट ४० हजार ७ सय रुपैयाँ प्राप्त भएको थियो भने दोलखा जिल्ला फुटबल संघ र भिम रायमाझीले १०-१० हजार गरि कुल २० हजार सहयोग प्रदान गरेको थियो ।
त्यसैगरि रिनेजम नेपालबाट ५ हजार, हाल अमेरिकामा रहनुभएका दोलखाली फुटबल खेलाडी राजीव श्रेष्ठबाट ५ हजार, दोलखा रेफ्रि समूह र दोलखा ब्याडमिण्टन संघबाट २-२ हजार गरि ४ हजार, निम्फा र दोलखा युनाइटेडबाट १५-१५ सय गरि कुल ३ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । संकलित रकम बैंक मार्फत पठाइने दोलखा खेलाडी भलाइ कोषका संयोजक भरत प्रधानले जानकारी दिनुभयो ।
दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले फुटबल खेलको विकासमा लागेका कार्कीलाई सहयोग गर्ने व्यक्तिलाई धन्यवाद दिनुभएको छ ।
सहयोग हस्ताण्तरण कार्यक्रममा जिलला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित चन्द्र खड्काले मन्तव्य व्यक्त गर्नुहुदै फुटबल संघलाई धन्यवाद दिनुभएको थियो ।
नेपाली फुटबलको राष्ट्रिय युवा रेफ्रि हरिष कार्कीको घरमा ग्यासँको सिलिण्डर पड्किदा उपचारका क्रममा उहाँको आमाको मृत्यु भएको थियो भने भाई र बहिनि हाल उपचाररत हुनुहुन्छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…