पाल्पाली ढाका टोपी र झिनियाँको ब्यापारमा ओरालो

३० कात्तिक, पाल्पा । नेपाली हिन्दूहरुको महान पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छ ।

यो वर्ष कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको माहोल छाउन भने सकेको छैन । त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको सङ्ख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् ।
अघिल्ला वर्षमा तिहारका लागि पाल्पाका विभिन्न बजारमा सामान किनमेल गर्ने मानिसको निकै घुइँचो हुने गर्दथ्यो । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि उपहारस्वरुप टोपी लगायतका विभिन्न उपहार किन्न फेन्सी पसलहरुमा भीडभाड हुन्थ्यो ।

यसपालि भने तिहारका लागि उपहार किन्न आउने ग्राहक कम नै रहेको व्यवसायीहरु बताउँछन् । टीका लगाइदिएपछि दाजुभाइलाई टोपी लगायतका विभिन्न उपहार दिदीबहिनीले दिने र दाजुभाइले दिदीबहिनीलाई नगद तथा उपहार दिने चलन छ । यस उपहारका लागि पाल्पाको ढाका टोपी नेपालमा निकै नै लोकप्रिय बन्दै आएको छ ।

अघिल्ला वर्षमा टाढाटाढाबाट पनि ढाका टोपी किन्न बजार आउने गरेकामा यसपालि भने टाढा र नजीकै दुवै स्थानका ग्राहक पनि आएका छैनन् । यसैले यस पटक ढाका टोपीको किनबेचमा कमी आएको व्यवसायीको गुनासो छ । कोरोनाको कहरले यस वर्ष ढाकाको व्यवसायलाई पनि क्षति पुगेको उनीहरुको भनाइ छ ।

त्यसैगरी, तिहार पर्वका अवसरमा झिनियाँ रोटीलाई विशेष परिकारका रुपमा लिइने गरिन्छ । पछिल्लो समय तिहारमा झिनियाँ रोटीको प्रयोग बढ्न थालेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण यस पटक झिनियाँ व्यवसायमा पनि उतारचढाव आएको छ ।

अघिल्ला वर्षको तुलनामा व्यापारमा कमी आएको पाल्पा रामपुरका व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउँछन् ।

‘अघिल्लो वर्षमा ग्राहकहरु तिहारको रौनक शुरु भएपछि झिनियाँ लिन आउँथे बिक्री गर्न पनि भ्याइनभ्याई हुन्थ्यो, अहिले ग्राहक देखेपछि लैजानुस् न भनेर भन्नुपर्ने अवस्था आएको छ’, उनले भने।

श्रेष्ठले लामो समयदेखि रामपुरमा झिनियाँ व्यवसाय गर्दै आएका छन् । गत वर्ष तिहारमा मात्रै एक लाख ५० हजार रुपैयाँको झिनियाँ बिक्री गरेका श्रेष्ठले अहिले भने त्यति कमाउने अवसर नै पाएनन् ।

चामलको पीठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । घरमै बसेर घरायसी कामकाज गर्दै झिनियाँ बनाएर आयस्रोत बढाउन सकिने लक्ष्मी श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘ काम दुःख होइन, घरमै झिनियाँ बनाएर राम्रैसँग आम्दानी गरिन्थ्यो तर यस वर्ष झिनियाँ खरिद गर्ने ग्राहक कम आउँदा व्यापार भएन ।’
विशेषगरी महिलाहरुले झिनियाँ रोटी बनाएर आफ्नो आयस्रोत र आयआर्जनको माध्यम बनाउने गरेका छन् । धेरै लगानी र मिहिनेत गर्नुनपर्ने, घरायसी काम गर्दै पनि झिनियाँ बनाएर राम्रै कमाई हुने भएपछि पछिल्लो समय झिनियाँ व्यवसायमा महिलाको आकर्षण बढ्दो छ ।
रामपुर क्षेत्रमा उत्पादन भएको झिनियाँ आकारअनुसार प्रतिदर्जन रु ६० देखि ७० बिक्री हुने गरेको व्यापारी बताउँछन् । तिहारमा दिदीबहिनीले दाजुभाइलाई विशेष परिकारका रुपमा झिनियाँ खुवाउने चलन रहेकाले झिनियाँ खरिद गर्ने गरेको पाइन्छ ।
पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि प्रयोग गर्ने गरिएको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघी, तीज पर्व लगायतका विभिन्न पर्व र शुभ कार्यमा पनि यसको प्रयोग हुन थालेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…