ओखर खानुका फाइदा

ओखर एक मात्र यस्तो फल हो, जसमा मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त मात्रामा हुन्छ । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल हुन्छ । एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम ९१० प्रतिशत डीबी हुन्छ ।

ओखर खाँदा मस्तिष्क चुस्त हुन्छ, स्मरणशक्ति तीक्ष्ण हुन्छ । पोषक तत्त्वले परिपूर्ण, प्रोटिनको राम्रो स्रोत हुने भएकाले ओखर वर्षभरि नै खान सकिन्छ । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एउटा अध्ययन अनुसार एक दानो ओखरमा ९२८।३५ ग्राम मा १४६ क्यालोरी हुन्छ । ओखर खानाले मुटु रोग, क्यान्सर लगायत अन्य रोगको जोखिम कम हुन्छ ।

पुरुषको शुक्रकीट बढाउनमा समेत ओखर सेवनले महत्त्वपूर्ण भूमिका खेल्छ । पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा ओखरले सकारात्मक प्रभाव पार्छ । एउटा अध्ययनअनुसार, दिनहुँ ७५ ग्राम ओखर खाए २१ देखि ३५ वर्षसम्मका स्वस्थ पुरुषको समूहमा शुक्रकीटको जीवनशक्ति, गतिशीलता र सामान्य आकृतिमा सुधार हुँदै जान्छ ।

भनिन्छ, ओखरको फाइदा यसलाई खाएको चार घण्टा पछिदेखि नै पाउन थालिन्छ । ओखर सेवनले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले तपाईंको रक्तनलीलाई झन् बढी लचिलो बनाउन सघाउँछ । अनि शरीरमा रक्तसञ्चार सहज हुन गई मुटुमा बढी दबाब पर्दैन ।

ओखरले शरीरमा थर्मोजेनिक प्रभाव उत्पन्न गर्छ, जसले गर्दा मुटुको धमनीमा जमेको बोसो घुलनशील अवस्थामा आएर बिस्तारैबिस्तारै समाप्त हुन्छ । यसरी हाम्रो मुटुले शरीरमा रक्त सञ्चारको लागि बढी मिहिनेत गर्नुपर्दैन । ओखर खानाले अस्थमा, अर्थराइटिस, छालाका समस्याहरू, एक्जिमा र सोराइसिसजस्ता रोगबाट जोगिन सकिन्छ  ।

ओखर खानाले पाचन क्रिया राम्रो हुन्छ, पेटसम्बन्धी समस्याबाट छुटकारा पाइन्छ । यो खानाले पेटका कीराहरूसमेत मर्छन् । ओखरले प्यांक्रियाज ग्रन्थीमा हुने क्यान्सरबाट समेत बचाउँछ  । यसले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ । खोकीले सताउँदा ओखर भुटेर खाने गरे आराम पाइने कुरो आयुर्वेदमा उल्लेख छ । घुँडा दुखे ओखरको तेलले मालिस गर्दा निको हुन्छ । ओखर खाइरहने गरे निद्रा नलाग्ने समस्या पर भाग्छ  ।

ओखर सेवनले शरीरमा मेलाटोनिन हार्मोन बढी निस्किन थाल्छ । मेलाटोनिन निद्रासँग सम्बन्धित हार्मोन हो । यसले नर्भस सिस्टमको सन्देसलाई मस्तिष्कमा पठाउन र निद्रासँग जोडिएका सबै गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्छ । मेलाटोनिनको बढी मात्राले गर्दा निद्रा राम्ररी लाग्छ ।

ओखर खानुका ७ फाइदा

१- एक दिनमा ४ – ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

२- ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा त्वचा सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ ।

३- ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

४- मधुमेहका बिरामीहरुका लागि ओखरले एक औषधिको रुपमा कााम गर्छ । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।

५- ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।

६- ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

७- ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…