आज म्हपुजा र गोवर्द्वन पूजा:कसरी मनाइन्छ

siddhartha wheel mart

आज गोवर्द्धन पूजा र म्हपुजा , तिहारको रौनकले छाएको माहोल छ। यस्तै नेवारहरुको पनि विशेष दिन हो आज। नेवारहरुले मनाउने विशेष पर्व ‘म्हः पूजा’ अर्थात् आफैँलाई पूजा गर्ने दिन।

राष्ट्रिय विभूति शंङ्खरधर साख्वाले विं सं ९३७ मा नेपाल संवतको सुरुवात गरे। म्हः पूजा योभन्दा अगाडिबाट नै सुरु भएको मानिन्छ।

aawash steels

म्हः पूजा र गोवर्द्धन पूजा

म्हः पूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो। हरेक वर्ष नेपाल संवत सुरु हुने दिन नेवारी सम्प्रदायमा म्हः पूजा गरिन्छ। आफू नै सबैभन्दा ठूलो चिज हो, त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ। संस्कृति शिरोमणि हरेराम जोशी आफूलाई पूज्ने परम्परालाई कृष्णको कथासँग जोडेर व्याख्या गर्छन्।

super kinetic courier

द्वापर युगमा संसारमा जे जति विकास हुन्थे, त्यसको श्रेय राजालाई दिनुपर्थ्यो। भनिन्छ, हरेक कामको ‘क्रेडिट’ राजा इन्द्रलाई नदिए उनी रुष्ट भई जनतालाई दुख दिन्थे। दुख गरेर बाली सप्रियो भने ‘इन्द्र महाराज खुसी भएर हो’ भन्नुपर्‍यो र उनलाई धन्यवाद दिन आराधना गर्नुपर्थ्यो।

एक समय कृष्णले जनताको कान फुके, ‘इन्द्र खुसी भएर होइन, आफूले मेहनत गरेर बाली राम्रो भएको हो। त्यसैले भगवानलाई होइन, आफैँले आफैँलाई सम्मान गर्न सिक।’

सबभन्दा पहिले म्हपूजा गरिनेहरु समेत सफा सुग्घर भएर सके नुहाएर बस्नु पर्दछ । म्हपूजा गर्नु भन्दा पहिले घरको अगाडि आँगन पूजा, घरको सबै ठाउँमा बत्ती बालेर अधिल्लो दिन पूजा गरेकै लक्ष्मीलाई पूजा गरेपछि म्हपूजा गरिने ठाउँमा रातोमाटो गोबर मिसाएर लिप्नु पर्दछ । लिपे पछि कुचोले सरक्क बढार्नु पर्दछ । बढारी सके पछि पँहेलो रेखीले आफ्नो परम्परा अनुसार जसरी मण्डप बनाउने हो बनाउनु पर्दछ । यसमा उत्तर तिर फर्काएर अघि भनचो, कलश सुकुण्डा आदिको लागि सानो सानो मण्डप समेत बनाएर सजाएर राख्नु पर्दछ ।
त्यस पछि यमराज, चित्रगुप्त हरुलाई पनि साना सानो दक्षिण तिर फर्कने गरी सानो सानो मण्डप बनाउनु पर्दछ । यसरी उत्तरतिर फर्काएर देवताहरु र दक्षिण फर्किएका यमराज गणका लागि बनाइएका मण्डप को बीचमा घरमा जति जना परिवारसख्या छ सोही अनुसार ठूलो ठूलो मण्डप बनाउनु पर्दछ । मण्डप बनाए पछि आफ्नो परम्परा अनुसार मण्डपमा तेलको टीका, पहेंलो टीका, फुस्रे टीका, अक्षता, धान, चामल अलि अलि राखेर आफ्नो परम्परा अनुसार सजाउनु पर्दछ । यी सबै गर्नु भन्दा पहिले एउटा ठूला ठूलो पानीको चक्का बनाउनु पर्दछ । यति गरे पछि म्हपूजा गर्नेहरुले आफ्नो आफना मण्डप अगाडि जेष्ठताको क्रम संगै देवताहरुको मुनी पारेर लहरै बस्नु पर्दछ र सकेसम्म पूर्वतिर फर्केर बस्नु उपयुक्त मानिन्छ । यति गरेपछि विधिवत म्हपूजा शुरु हुन्छ ।
म्हपूजा गर्नेहरुले पहिले आफ्ना आफ्ना मण्डपमा धुप बत्ति गर्दछन् । यसमा पनि पहिले देवताहरु र यमराज तिर धुप बत्ति गरिन्छ । त्यस पछि नकिं -घरको महिलामूलीले) दहिको भाँडो, पूजाको थाली र अण्डा सगुन सामग्री सबैलाई ढोग्न लाइन्छ । यति गरे पछि सबैलाई दहीको टीका पुरुषलाई भए दायाँ कञ्चटमा महिलालाई भए बाँया कञ्चटमा टीका लाइदिन्छ । त्यस पछि चामल अक्षता अविर दही मुछेर म्हपुजा गनै सबैलाई पालै पालो दिएर देवताहरुतिर, यमराज भए तिर, आफ्ना आफ्ना अगाडीको मण्डप र गृहलक्ष्मी सम्झेेर माथितिर टिका लगाइन्छ । यति सिध्याए पछि नकींले सबैलाई त्यहि टीका सबैको निधारमा लगाइन्छ । यति भए पछि सबैलाई लामो लामो खेलु इता (करिब एक हातको लामो बत्ती) बाल्दै पूजा गराउँदै सुम्पी दिइन्छ र सबैले आफ्नो आफ्नो मण्डपमा आफूतिर फर्काएर राखिन्छ । यसपछि सबैलाई फलफूलको थाली सुम्पीदिइन्छ । यसलाई सिसगं भनिन्छ अर्थात फलफूलको सगून भन्ने बुझिन्छ । फलफूल लिए पछि लगतै प्रत्येकले त्यहाँ भएको लामो जजंका र माला आफैले लगाउँछन् । फलफूलको सगून दिए पछि मिठाइको सगुन (सेल, पुरी, निम्की आदिको थाली ) सुम्पिइन्छ ।
यति गरे पछि अण्डा सगुन दिइन्छ । अण्डा सगुन दिनेले दायाँ हातमा अण्डाबारा र बायाँहातमा रक्सी लिएर हात क्रस गरेर म्हपूजा ग्रहण गर्नेलाई दिने र लिने ले पनि दायाँ हातमा अण्डाबारा र बाँया हातमा पर्ने गरी लिइन्छ । लिनासाथ सगुन खान भने हुँदैन नखाने सबैले नपाएसम्म नखाइकन कुरेर बस्नु पर्दछ । म्हपूजा गर्नेले समेत अण्डाबाला रक्सी लिए पछि सबैले सबभन्दा जेठोले खाए पछि बल्ल जेष्ठताको क्रम अनुसार सगुन खान्छन । सगुन लिने पनि तीन पटक टोकेर लिनु पर्दछ भने रक्सी पनि तिन पटक गरेर पिउनु पर्दछ । र एक पटक पिए पछि रक्सी पनि तीन पटक थपि दिनु पर्दछ । यसको के अर्थ छ भने हामीलाई जे काम गर्न पनि तिनओटा शक्तिको आवश्यकता पर्दछ । यी तिन शक्ति हुन – पहिलो शारीरिक शक्ति, दोस्रो मानसिक शक्ति , तेस्रो बौद्धिक शक्ति । यसरी तीनै थरीको शक्तिले भरिपूर्ण भएर आफ्नो आफ्नो जीवन सफल होस भन्ने कामना गर्नु हो ।
अण्डा सगुन सबैले खाए पछि सबैलाई एउटा मानो वा पाथीमा फूलका टुक्राहरु, फलफूलका टुक्राहरु, लावा आदिले भरेर तीन पटक टाउको देखि प्रत्येक ब्यक्तिलाइ खन्याएर अभिषेक गरिन्छ । यसलाई नेवारी भाषामा घ्वाल्ल गर्ने भनिन्छ । यति गरे पछि घरको नकींले सबैलाई तीन पटक घुंडामा छोएर कुममा छोएर र टाउकोमा छोएर ढोग्नु पर्दछ । यसमा नकींले आफ्नो छोरा वा छोरी नाति नातिनी भए पनि यसरी ढोग्नु पर्दछ । -अरुकोलागि यो अनौठो हुन सक्तछ । ) यति गरे पछि समापन गर्नको लागि एउटा कचौरामा दही राखेर त्यसमा कुनै एक खालको फलफूल राखेर मुछेर सबैलाइ अलि अलि ख्वाउनु पर्दछ । यसलाई नेवारीमा धौमू ख्वाउने भनिन्छ । धौमू समेत ख्वाए पछि एउटा कूचोले देउता स्थापना भएतिरबाट यमराजको सानो मण्डप भए तिर बढारेर लानु पर्दछ ।
यस पछि त्यही ठाउँमा रहेर खुसियाली भोज खाने गरिन्छ । यस म्हपूजा प्रक्रियामा जे जसो लेखिए पनि म्हपूजा गर्ने प्रक्रिया ठाउ ठाउँ अनुसार थर थर अनुसार पनि फरक हुन सक्तछ । यसमा सबभन्दा राम्रो आफूले पहिले गरे जसै गरी पूजा गर्नु नै राम्रो हुन्छ । म्हपूजा गर्ने, मण्डप लेख्ने कुराहरुमा केही विविधता भए पनि म्हपूजामा लुकेको दर्शन एउटै हो ।
नेवारहरुको म्हपूजा एक मौलिक पर्व हो । यसलाइ आत्म पूजा वा स्वपूजा पनि भन्न सकिन्छ । धरैजसो हाम्रा परम्पारगत सम्वतहरुका अनुसार कार्तिक मंसिरमा वर्ष फेरिन्छ । एक वर्ष जसोतसो विभिन्न कृयाकलाप कृषि उद्योग, व्यापार गरेर एक दिन अगाडि लक्ष्मी पूजा गरेपछि एक वर्ष पूरा भएको सम्झिएर अर्को वर्ष स्वस्थहोस्, आफ्ना यावत क्रियाकलापहरु अझ व्यवस्थित होस्, आफ्नो शरीर भित्र रहेको पञ्चतत्व स्थीर भएर सन्तुलित भएर रहोस् । आफ्नो, तन, मन, धन स्थीर रहोस् । आफैमा आत्मबल आओस् ताकि जीवनमा आइपरेका यावत समस्याहरु समाधान गर्न सकियोस् । आफूमा मानसिक शक्ति बौद्धिक शक्ति वृद्धि होस् भनी शुभकामना दिने हो ।
म्हपूजा सम्बन्धमा एउटा भ्रम के छ भने नेपाल सम्बत र म्हपूजा एकै दिनमा परेको हुनाले नेपाल सम्वत्को प्रणेता शंखधरले सबै आसामीको ऋण तिरिदिएर म्हपूजाको परम्परा थालिएको हो भन्ने यदा कदा सुनिन्छ । वास्तवमा यो कुरा सत्य होइन । यो म्हपूजा गर्ने भनेको नेपाल सम्वत् भन्दा पनि धेरै पहिले आइसकेको चलन हो । केबल शंखधरले स्थापना गरेको सम्वत अनुसार वर्ष फेरेर नयाँ वर्ष आउने दिन एक पवित्र दिन सम्झेर म्हपूजाको दिन पारेको हो । म्हपूजा सम्बन्धमा अर्को कुरा गर्दा यो नेवार जातिको एक सशक्त पहिचान हो । 

त्यसपछि जनताले इन्द्रको आराधना गर्न छोडे र आफू मेहनत गर्न थाले। राजा इन्द्रले यो कुरा सहन सकेनन् र धेरै पानी पारिदिए, गाउँ नै डुबानमा पर्‍यो। घर बगाए, बस्ने छत भएन, हिउँ पारे, तुसारो पारे। त्यसपछि कृष्णले गोवर्द्धन पर्वत हातमा उचालेर नागरिकलाई ओत दिएका थिए। इन्द्रले क्रियाकलापले नागरिकलाई केही फरक परेन।

इन्द्रले जति दुख दिँदा पनि जनता इन्द्रलाई हार गुहार गर्न गएनन्, पूजा गर्न गएनन् र पछि इन्द्रले हार मानेर जुन कुरा कृष्णले सुरु गरे त्यसैलाई स्वीकार गरे।

हो, म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा हो। भगवान खोज्न अन्त कतै जानुपर्दैन आफू नै भगवान हो भन्ने सन्देश हो, म्हः पूजा। आफू भएपछि मात्र संसार हुन्छ भन्ने मान्यता स्वरुप म्हः पूजा गरिन्छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा

काठमाडौं,फाल्गुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा दिँदै देश बर्बाद पार्न लागेको आरोप लगाएका…

प्रधानमन्त्री ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

काठमाडौं,फाल्गुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाए

काठमाडौं,फाल्गुन १६ । गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन्। आइतबार गृहमन्त्री थापाले तामाङलाई आफ्नो सचिवालयबाट हटाएको मन्त्री थापानिकट स्रोतले बतायो। मन्त्री…

नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक…

काठमाडौं,फाल्गुन १६ । नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज खोल्ने व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय…

मिस नेवाः बनिन् कृषा महर्जन

काठमाडौं,फाल्गुन १६ । राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लिज फेसन होमद्वारा शनिबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको…