मेरो फुलको कथा


हो त्यही फूल हुँ,ज‍ो पहिला घर घरमा सजिन्थेँ अनि मन्दिरमा पुजिन्थेँ। पहिले पहिले त मैले आफ्नो बोटलाई सजाउने मौका नै पाउँदिनथेँ किनभने जब म सानो थिएँ तब मानिसहरूले मलाई गोडमेल गर्थे अनि पानी हालिदिन्थे किनकि ममा एउटा सुन्दर फूल फुलोस् भनेर। फूल फुलेपछि उनिहरु आफ्नो घर सजाउन चाहन्थे र मन्दिरमा लगेर चढाउन चाहन्थे। त्यसै स्वार्थका निम्ति रोपेको मलाई आफ्नो बोटमा राम्रोसँग समय व्यतीत गर्न नपाउँदै टिपेर लैजान्थे। त्यसकारण मैले मलाई फुल्न साहस दिने मेरो बोटलाई सजाउन पाएकी थिइनँ तर आज कोभिड १९ ले गर्दा लकडाउन भएको छ। लकडाउनले गर्दा मन्दिर पनि बन्द छ,अनि मानिसहरूको साथीभाइसँग भेट पनि हुँदैन । त्यसैले गर्दा होला मलाई फुल्न साहस दिने र मेरा हरेक कार्यमा साथ दिने मेरो बोटलाई सजाउने मौका आज पाएकी छु।
मानिसहरूले मलाई धेरै राम्रा कामहरुमा पनि प्रयोग गर्ने गर्छन्; कसैको स्वागत गर्न होस् या माया पिरतीलाई साटासाट गर्न होस् ,अनि रिसाएको मानिसलाई फकाउन होस् या आफ्नो सानो घरलाई महलजस्तै गरि सजाउन होस् ,सबै ठाउँमा प्रयोग गर्छन् मलाई। जन्मको समयमा खुशीयाली मनाउन देखि मृत्युको शोकसम्म पनि मलाई नै प्रयोग गर्छन् ।
आजकाल त म मानिसहरुमा आएको परिवर्तन देख्दा पनि छक्क पर्छु। आफैंलाई आश्चर्य लाग्छ अनि प्रश्नहरु उब्जिन्छन् “के यो त्यही मानिस हो त?” जसले म फक्रेर फुल्न नपाउँदै मेरो मृत्युवरण गरिदिन्थ्यो। “के मानिस पनि मेरो प्रिय मित्र बन्न सक्छन् र ? ” जसले मित्रता जोगाउनको लागि मलाई नै प्रयोग गर्थे । तर आज लकडाउनले मलाई अनि मेरो सोचाइलाई झुट तुल्याएर आज मानिसलाई मेरो प्रिय मित्र बन्न मद्दत गरेको छ । म माथि मानिसले देखाउने माया अनि प्रेम बढेको छ । आजकाल त सामाजिकसञ्जालभरि पनि मेरैमात्र तस्बिरहरु देख्छु । लाग्छ कतै “म पनि विश्व प्रसिद्ध त भइनँ ? “
आजकाल त मलाई मानिसको चालचलन देखेर नि अचम्मै लाग्छ, कहिल्यै मसँग नबस्ने अनि मेरो खुशीमा सामेल नहुने तर जहिले पनि मोबाइल, टि.भी, गेम, सामाजिक सञ्जालमा व्यस्त हुने मानिस आज मसँगै बसेर फोटो खिचेर विभिन्न status लेखेर फेसबुकमा पोस्ट गर्ने गर्छन् । अनि मेरो वरिपरि रहेका मेरा दुश्मन झारपात, घाँसहरुलाई उखेलेर मलाई स्वतन्त्र बनाइ दिन्छन् । अनि सधैं बिहान उठ्ने बित्तिकै आएर मेरो शरीरमा पानी हालिदिन्छन् जसले मलाई शितलताको महशुस गर्ने अवसर मिलेको छ । मेरो वरिपरिका खाली जमिनमा पनि गोडमेल गरेर नयाँ बिरुवा रोपेर मलाई साथित्वको कमी महसुस हुन दिँदैनन्। यस्ता कार्यहरु देख्दा लाग्छ,लकडाउन कहिल्यै नसकियोस् र मानिसको मनमा रहेको म प्रतिको माया र साथ कहिल्यै नछुटोस् । पहिला त मानिसहरूका साथी देखेर नि लाग्ने गर्थ्यो कि सायद मेरो पनि यस्तै साथीहरू भएदेखि कत्ति रमाइलो गर्थें होला तर आज लकडाउनले गर्दा मलाई सथित्वको महसुस गर्ने मौका मिलेको छ । अरुको घर,गमला अनि गलामा मात्र सजिएर दिक्क भएको मलाई अब आफ्नै घर,बोट अनि बगैंचा सजाउने मौका मिलेको छ। त्यसैले लाग्छ, भगवानले पनि मेरो प्रार्थना सुन्नुभयो जस्तो छ र त लकडाउन भयो अनि म जस्तै मेरा थुप्रै साथीसङ्गीहरुलाई पनि आफ्नो बोट अनि बगैंचा सजाउने एकदमै राम्रो समय मिलेको छ ।लकडाउनले गर्दा आज आएर मैले प्रतिक्षाको फलको मीठो स्वाद चाख्न पाएकी छु । त्यसैले मित्रहरू निराश नभएर सकारात्मक सोच राख्दै प्रतीक्षा गर्नतिर लाग्नुस् अनिमात्र मैलेजस्तै तपाईहरुले पनि पछि गएर मीठो फलको स्वाद चाख्न पाउनुहुनेछ ।
– कामना श्रेष्ठ

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…