कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

२९ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

कास्कीका ४ जना, काठमाडौं र ललितपुरका ३/३ जना, सिन्धुपाल्चोक, नुवाकोट, स्याङ्जा, सुनसरी र सुर्खेतका एककक जनाको मृत्यु भएको छ ।

  • पोखरा महानगरपालिका-२६, कास्कीका ७२ वर्षीया महिलाको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका-१८, कास्कीका ४८ वर्षीय पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई २६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका-१४, कास्कीका ६३ वर्षीय पुरुषको शनिबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई १९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका-१४, कास्कीका ६३ वर्षीय पुरुषको शुक्रबार चरक अस्पतालमा मृत्यु भएको छ । उनलाई ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • ललितपुरका ८५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर १७ गते अस्पताल पुगेका थिए ।
  • ललितपुरका ९८ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी २९ गते मात्र अस्पताल भर्ना भएका थिए । उनमा कुनै अन्य रोग थिएन ।
  • ललितपुरका ८४ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ । इन्ट्रा त्रलेनियल रक्तश्राव भएर २५ कात्तिकमा अस्पताल पुगेका उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ८३ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ । निमोनिया, स्वासप्रश्वास र मुटुको समस्या भएर २० कात्तिकमा अस्पताल पुगेका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अरु रोग थिएन ।
  • काठमाडौंका ८४ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २६ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उच्च रक्त चाप र मधुमेहको समस्या पनि थियो ।
  • काठमाडौंका ८०वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २० कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन अस्पताल भर्ना भएका थिए ।
  • बराह-५, सुनसरीकी १९ वर्षीया महिलाको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको उनी सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
  • सिन्धुपाल्चोकका ५८ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि २८ गते अस्पताल भर्ना भएका थिए । उनमा कलेजोसम्बन्धी रोग समेत थियो ।
  • नुवाकोटका ७४ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २५ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेहको रोग समेत थियो ।
  • वालिङ नगरपालिका-१४, स्याङ्जाका २४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।
  • वीरेन्द्रनगर नगरपालिका-८, सुर्खेतका ६० वर्षीय पुरुषको शनिबार प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ । २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा कठिनाइ भएपछि २४ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…