आइकोनिक युथ द्वारा कुकुर तिहारको अवसरमा सडक कुकुरलाइ उपचार तथा खाना वितरण

कार्तिक २९, बुटवल । सडकका असाहय पशु चौपायाको संरक्षणमा क्रियासिल संस्था आइकोनिक युथ फर एनिमलले आज कुकुर तिहारको अवसरमा सडकका बेसाहारा कुकुरलाई खाना खुवाएको छ ।

सोहि अवसरमा संस्थाले कुकुरहरुलाई रेबिज विरुद्धको खोप वितरण र घाइते कुकुरको उपचार गरेको संस्थाकी अध्यक्ष सुरुची खड्का बताइन । यस्तै संस्थाका अभियन्ता राजन गौडेलले “कोहि मनकारी व्यक्ति यस अभियानमा जोडिन चाहेमा वा सडकमा कुनै घाइते असाहय कुकुर देखेमा आफुहरुलाई सम्पर्क गर्न” सबैसंग आग्रह गरे ।

बुटवल १३ जितगढि बाट सुरु भएको कार्यक्रम ,बेल्वास , बुटवल २, मैनाबगर ,बुटवल ११ रामनगर सम्म पुगेको अभियन्ता गौडेलले जानकारी दिए । उक्त कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष सुरुची खड्का, उपाध्यक्ष राजन गौडेल ,सचिब शंकर पाण्डेय ,सहसचिव हेमा पुरी , सुनिता श्रीस , सह- कोषध्यक्षमा मधु पौडेल ,गिता कुवर सदस्य मा दिपेश राज नेपाल सल्लाहाकार गोपाल पाण्डे,राजेश गैर जयप्रकाश भट्टराई , भेट सल्लाहाकार केशव लम्साल, सन्दीप पौडेलको उपस्थिी रहेको संस्थाका सचिब शंकर पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…