दोलखामै पिसिआर मेसिन ल्याउने

कार्तिक २९ , दोलखा विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको परीक्षण गर्न दोलखाले पिसिआर मेसिन खरिद गर्ने भएको छ । दोलखावासीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न अन्यत्र पठाउँदा समयमा रिपोर्ट नआउनेदेखि लिएर अन्य थुप्रै समस्या देखिएपछि दोलखाले मेसिन खरिद गर्ने भएको हो ।

बुधबार जिल्ला समन्वय समितिमा बसेको सांसदसहित सरोकारवालाको बैठकले पिसिआर मेसिन खरिद गरी कोरोना परीक्षण तीव्र पार्ने निर्णय गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जानकारी दिए । उनका अनुसार मेसिनसहित अन्य आवश्यक उपकरण खरिद र व्यवस्थापनका लागि दोलखाबाट प्रत्यक्ष निर्वाचित संघ र प्रदेशका तीनजना सांसदले सांसद विकास कोषमार्फत ५०-५० लाख बजेट विनियोजन गर्ने सहमति भएको छ ।

सोही रकमबाट पिसिआर मेसिन र अन्य स्वास्थ्य उपकरण खरिद गरी बाँकी व्यवस्थापनको काम गर्दै जाने निर्णय भएको शिवाकोटीले बताए । उक्त मेसिन खरिद र सञ्चालनको जिम्मा भने भीमेश्वर नगरपालिकालाई दिइएको छ । नगरपालिकाले चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मेसिन राखेर परीक्षणको काम गराउने भीमेश्वर नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए । समुदायस्तरमै पुग्यो कोरोना लामो समयसम्म ग्रिन जोनमा रहेको दोलखामा दसैँ सुरु भएदेखि नै संक्रमण तीव्र रूपमा फैलिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय संक्रमण चौतर्फी हुँदै गएकाले समुदायस्तरमै कोरोना पुगेको सरोकारवालाहरूले जनाएका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी वासुदेव अधिकारीले अहिलेसम्म दोलखाका नाैवटै स्थानीय तहमा संक्रमण पुगिसकेको बताएका छन् । उनका अनुसार जम्मा दुई हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण भएकोमा दुई सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये एकजनाको मृत्यु भएको छ भने एक सय २८ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…