प्रदेश नं २ सरकार द्वारा पथलैयामा ट्रमा अस्पताल निर्माण गर्ने योजनामा रोक

siddhartha wheel mart

वीरगञ्ज, २८ कात्तिक । प्रदेश नं २ सरकारले बारा जिल्लाको पथलैयामा निर्माण गरिने ट्रमा अस्पताल बनाउने योजना रोकेपछि त्यस क्षेत्रका जनतामा निराशा उत्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालयले नीति तथा कार्यक्रममा घोषणा गरी सो अस्पताल निर्माण गर्न बजेट समेत छुट्याइसकिएको थियो । राजमार्गमा हुने सवारी दुर्घटनाबाट घाइतेहरुको तत्काल उपचार गर्ने उद्देश्यले प्रदेश सरकारले बाराको पथलैयामा रहेको स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा अस्पताल बनाउने गरी बजेट समेत छुटयाइसकिएको भएपनि हाललाई सो अस्पताल निर्माणको काम स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।

aawash steels

प्रदेश सरकारले सो अस्पताल पथलैयामा नबनाएर बारा जिल्लाको सदरमुकाम कलैयादेखि ६ किलोमिटर भित्र रहेको गंगापुरस्थित तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवनमा बनाउने निधो गरेपछि प्रदेश नं. २ को प्रदेश सभामा प्रतिपक्षी दलले विरोध गरेपछि सो अस्पताल निर्माणमा अवरोध आएको बताइएको छ ।

प्रदेश सभामा नेकपाका सचेतक सुन्दर विश्वकर्माले निर्णय भएको स्थानमा नै अस्पताल बनाउनुपर्ने माग गरे । दुई बिघा ४ कठ्ठा क्षेत्रफलमा रहेको सो तालिम केन्द्रमा ७२ कोठा र पर्याप्त साधनस्रोत भएको, राजमार्ग छेउमै रहेकाले पथलैयामा नै सो अस्पताल निर्माण हुनुपर्ने माग जितपुरवासीको छ ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…