परिवर्तनशील पाइलाहरु

siddhartha wheel mart

काेभिड १९ ले गर्दा शब्दकोषमा लक डाउन, क्वारेन्टाइन र काेभिड १९ जस्ता नयाँ शब्द थपिएको अनुभूत भएका छ मलाई । हुन पनि हाे नि काेभिड १९ आउनुभन्दा पहिले लकडाउन, काेभिड १९ र क्वारेन्टाइन जस्ता शब्द सुनेको नै थिईन मैले ।

विश्वभरि महामारीका रुपमा फैलिएको काेभिड १९ ले नेपाललाई पनि छाेडेन । नेपालमा पनि काेभिड १९ आउन सक्छ भन्ने आशङ्काले देश भरि न‌ै लकडाउन गरिएको छ र विदेशबाट आएका सबै मानिसलाई राख्न नेपाल सरकारले विभिन्न स्थानमा क्वारेन्टाइन बनाएका छन् । सङ्क्रमितकाे सङ्ख्या नबढाेस् भनेर विदेशबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमा पनि राखिएको छ ।

aawash steels

लक डाउनमा केही घरायसी कार्य र अन्य कार्यहरू सिक्ने माैका पाउँदा याे समय वरदान नै लागेर आएकाे छ अहिले आएर । जीवनकाे पहिलो पाठशालामा बसेर केही नुतन अनि केही फरक कार्य गर्दा मलाई प्रसन्नताकाे अनुभव भएको छ । अहिले आएर कहिल्यै साधना र योग नगर्ने मानिसहरू साधना र योग गरेर तन्दुरुस्त तुल्याउने हरतरह चेष्टा गरिरहेका छन् । पहिले कहिलेकाँही मात्र साबुन पानीले मिचीमिची हात धुने मान्छे अहिले आएर दिनमा ७-८ चाेटि भन्दा बढी पटक साबुन पानीले मिचीमिची हात धुन थालेका छन् काेभिड १९ सङ्क्रमण हुनबाट बच्न भनेर । सम्पूर्ण जनमानसमा विश्वभर काेभिड १९ कहिलेसम्म रहने हाे भनी प्रश्नवाचक चिन्ह खडा भएकाे छ । प्रश्नवाचक चिन्ह कहिले पुर्णविराम हुने हाे सुइँकाे छैन ।

चिनकाे उहान सहरबाट फ‌ैलिएकाे काेराेना भाइरसबाट विश्वभर ५५ लाख भन्दा बढी व्यक्तिहरु सङ्क्रमित भइसकेका छन् । काेभिड १९ ले विश्वभरि नै उग्र रुप लिन्छ वा लिदैन भनेर अठाेट गर्न पनि सकिएकाे छैन । विश्व नै यतिबेला विमुढ भएकाे छ । अहिलेकाे समय भनेकाे राज्यका सबै नागरिक मिलेर लक डाउनकाे पूर्णरुपमा पालना गर्ने समय हाे । हामी सबै मिलेर लकडाउनकाे पूर्णरूपमा पालना गरेमा केही हदसम्म काेभिड १९ काे सङ्क्रमणबाट बच्न सकिन्छ ।

super kinetic courier

विनाशकारी भुकम्पले तहसनहस बनाएकाे चार बर्ष पूरा नहुँदै नेपालमा अर्को महामारी काेभिड १९ ले प्रविष्टि गर्याे । विनाशकारी भुकम्पका कारण सम्पुर्ण मनुष्यमा बढाेत्तरी भएकाे सकारात्मक साेच अब झन बढाेत्तरी हुने देखिएकाे छ । काेभिड १९ काे आगमन हुनु भन्दा अघि बाँझो रहेको खेतबारीमा अहिले मकै, सिमी, आलु उम्रन थालेका छन् । अहिले आएर आफ्नाे अमूल्य समय बाँझो खेतबारीलाई उर्वर भुमिमा परिवर्तन गर्न तर्फ जागरुक भएका छन सारा नै ।

सधैं फाेहाेर हुने स्थानहरु चम्किलो देखिन थालेका छन् । सबैकाे मानसपटलमा आफु जीवन्त हुँदै केही गर्नुपर्छ भन्ने मनन आउन थालेकाे छ । समाजलाई एक उत्तम मार्गमा डाेर्याउँदै समाजमा रहेका विकृति, विसङ्गति, भेदभाव, छुवाछूत जस्ता कुप्रथा एवम् नकारात्मक साेच हटाउन तर्फ अग्रसर छन सबै । आज हामी अँध्यारो काेठामा छाैँ । अँध्यारो काेठामा उज्यालो ल्याउनका लागि अँध्यारोमा नै सङ्घर्ष गर्नुपर्दछ । एकदिन अवश्य नै उज्यालो देख्न पाउने छाै ।

अँध्यारो काेठाबाट हामी निस्कदा हामीमा निश्चय नै थुप्रै परिवर्तनहरु देखिने छन् ।हाम्रो लागि लकडाउन अँध्यारो नै लागिरहेकाे तर बर्साै देखि आँखा नदेख्नेहरुकाे लागि त सधैं अँध्यारो नै लाग्छ उनीहरू कत्ति उज्यालोकाे पर्खाइमा आफ्नाे जीवन व्यतीत गरिरहेका छन् हाेला साेच्नुस् त । उनीहरूलाई पनि आफ्नाे मुहार अनि याे चम्किलो पृथ्वी देख्न कत्ति आकाङ्क्षा छ हाेला । हामीले उज्यालो त सधैं देखिरहेका नै छाै कहिलेकाहीँ अँध्यारोमा भएका बाधा व्यवधान पनि त देख्नु पर्छ नि हाेइन त ।

नेपाल सरकारले आफ्नै नागरिकको स्वास्थ्यकाे समुचित रक्षाकाे लागि भनेर लकडाउनकाे घाेषणा गरेकाे छ । हामी लकडाउनकाे समयलाई उपयाेग गरेर केही रचनात्मक अनि केही सिर्जनशील कार्यमा लागाैँ । आफु जीवित हँदा नै आफ्नाे जन्मभूमिलनई सिँगाराैँ । हामी सबै मिलेर आफ्नाे स्वास्थ्य, साथसाथै सबैकाे स्वास्थ्य बचाउनकाे लागि लक डाउनकाे पूर्ण रुपमा पालना गराैँ , राज्यको नियम उल्लंघन नगराैँ । जसरी प्रकृतिमा शिशिर ऋतु आउँदा प्रकृति हिउँले ढाकिएर कुण्ठित भएकाे हुन्छ त्यस्तै भएका छाैँ अहिले हामी पनि लक डाउनले गर्दा ।

जब प्रकृतिमा वसन्त ऋतु आउँछ त्यतिबेला प्रकृति हराभरा हुन्छ, नयाँ पालुवा पलाउँछ, प्रकृतिमा रहेका रुख विरुवाहरु कुण्ठित अवस्थाबाट स्वतन्त्र हुन्छ त्यस‌ैगरी हामीमा पनि वसन्त ऋतुकाे आगमन अर्थात लक डाउनबाट मुक्त हुन राज्यकाे नियम तथा कानुनकाे पूर्णरूपमा पालना गराैँ । -सुवर्ण श्रेष्ठ दाेलखा

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…