दोलखामा आगलागी हुँदा २ घर जलेर नष्ट

दोलखा, कार्तिक २७ । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । बिजुलीको तार सर्ट हुँदाआज दिउँसो करिव २ बजे पवटीका ओम बहादुर खड्का र उहाँका बुवा बुद्धि बहादुर खड्काको घर जलेको हो ।


परालको माझबाट सुरु भएको आगो उहाँहरुको भुकम्प प्रतिरोधात्मक ढुङगा माटोले बनेको घरमा पुगेको थियो । आगलागीले मानवीय तथा चौपाय क्षती नभए पनि दुबै घर भित्र रहेको अन्न पात लत्ताकपडा नष्ट भएका छन् ।


आगलागी भएको खबर प्रहरीलाई करिव सबा २ बजे प्राप्त भएपछि प्रहरी टोली र स्थानियको सहयोगमा करिव ३ बजे पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो । आगलागीबाट भएको क्षतीको बिवरण संकलन भैरहेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…