युरोपेली देश मध्ये पहिलो पटक कोरोनाका कारण मृत्यु संख्या ५० हजार नाघेको देश ‘बेलायत’

बीबीसी। कोरोना भाइरस संक्रमणका कारण ५० हजारभन्दा बढीको मृत्यु हुने बेलायत युरोपको पहिलो देश बनेको छ। बेलायतबाहेक युरोपका कुनै पनि देशमा कोरोना कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छैन।

बेलायत सरकारको तथ्याङ्कअनुसार त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बुधबारसम्म ५० हजार ३६५ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र कोरोनाले बेलायतमा ५९५ जनाको ज्यान लिएको छ।

विश्वमा कोरोनाका कारण सबैभन्दा बढीले ज्यान गुमाउने राष्ट्रको सूचीमा बेलायत पाँचौ नम्बरमा रहेको छ। सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको सूचीमा पहिलो, दोस्रो, तेस्रो र चौथो नम्बरमा क्रमशः अमेरिका, ब्राजिल, भारत र मेक्सिको रहेका छन्।

“आँकडाले हामी खतरबाट बाहिर आइनसकेको बताइरहेको छ,” बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन्।

हालसम्म बेलायतमा १२ लाख ५६ हजार ७२५ जनालाई कोरोना संक्रमण भइसकेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…