बैठक राखे प्रचण्ड विरुद्ध महाएक्सन लिने ओलीको चेतावनी

कार्तिक २६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कुनै एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी दिएपछि सत्तारुढ नेकपाका कार्यकारी अध्यक्षसहित बहुमत सचिवालय सदस्यहरु अबको विकल्पबारे अन्यौलमा परेका छन् ।

तर उनीहरुले आफूहरुले पार्टी जोगाउन धैर्यता राखिरहेको भन्दै यसलाई कमजोरी नठान्न ओली समूहलाई चेतावनी दिएका छन् । पार्टीमा गहिरिएको संकट समाधानका लागि सचिवालय बैठक डाक्न लिखित पत्र बुझाउँदा समेत ओलीले त्यसमा सहमति नदिएपछि आज कार्यकारी अध्यक्ष प्रचण्ड फेरि बालुवाटार पसेका थिए ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बैठक राखेर आफूविरुद्ध एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी दिएपछि प्रचण्ड आधाघण्टामै त्यहाँबाट फर्किए ।

बैठकमा ओलीलाई प्रचण्डले कार्तिक २७ गते बैठक राख्नका लागि सहमति जनाउन र उक्त बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । तर उक्त प्रस्तावमा ओलीले सहमति नदिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बालुवाटारमा आफूविरुद्ध एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी बुझेपछि प्रचण्ड–नेपाल समूहका बहुमत पाँच सचिवालय सदस्यहरुको धुम्बाहारीमा अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकपछि संवाददाताहरुसँग बोल्दै प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा सहमति जनाउन प्रचण्डले गरेको आग्रह अर्का अध्यक्ष ओलीले फेरि पनि अस्वीकार गरेको जानकारी दिएका हन् ।

त्यसो भए अब तपाईँहरुको बाटो के त भन्ने संवाददाताको प्रश्नमा प्रवक्ता श्रेष्ठले बैठक बसेन भने के गर्ने भनेर अहिले पनि आफूहरुले सोच्न नचाहेको बताए । तर आफूहरुले पार्टीलाई जोगाउन खेलिरहेको भूमिकालाई कमजोरी नठान्न उनको चेतावनी छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…