कोरोना विरुद्धको औषधि बनाउन नेपालकै जडीबुटी परीक्षण

siddhartha wheel mart

कार्तिक २६, काठमाडौँ । कोरोना विरुद्धको औषधि तयार पार्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण कार्यको नेतृत्वमा नेपालको जडीबुटीको क्लिनिकल परीक्षण सुरु गरिएको छ।

परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले एक साता अघि देखि क्लिनिकल ट्रायल सुरु भएको जानकारी दिए। उनले “औषधिको प्रभावकारिताबारे रिपोर्ट आइनसकेको” र आफुहरुले त्यसको त्यसको फलोअप गरिरहेको बताए ।

aawash steels

उनले काठमाडौं उपत्यकाबाहिर जनकपुर प्रादेशिक अस्पताल, वीरगन्जस्थित कोभिड अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालमा क्लिनिकल परीक्षण चलिरहेको जानकारी दिए । यस्तै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिका अध्यक्ष प्रा.डा. देवबहादुर रोकाले कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग प्रभावकारी भएको जानकारी दिए।

चिकित्सकहरुले पनि औषधिले संक्रमितहरुमा सकारात्मक प्रभाब परेको र मृत्युदर समेत घटेको दावी गरे।

super kinetic courier

प्लाज्मा थेरापी, एन्टी भाइरस औषधिभन्दा आयुर्वेदिक औषधि प्रभावकारी मानिएको वरिष्ठ कायाचिकित्सक डा. रोकाले बताए । उनले भने, परिषद्ले नै संक्रमितको उपचारमा कन्भालेसेन्ट प्लाज्मा थेरापी सुरु गरेको थियो। अहिले १५ वटा अस्पतालमा यसको ‘अब्जरभेसन स्टडी’का रूपमा अनुसन्धान भइरहेको छ।

आयुर्वेदिक औषधि सेवन गरेका संक्रमित निको हुने दर बढी रहेको डा. रोकाको भनाइ छ। पछिल्लो समय कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधि र रेम्डेसिभिरको बढी उपयोग गरिएको छ। कोरोनाका साथै निमोनियासमेत भएका गम्भीर बिरामीले रेमडेसिभिरको सेवन गर्दै आएका छन्। नेपालमा रेमडेसिभिर भारतबाट आयात भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले भने कुनै पनि औषधिलाई पूर्ण प्रभावकारी भएको स्विकारेको छैन। कोरोनाको विशेष औषधि नभएकाले संक्रमितको आन्तरिक रूपमा भाइरसविरुद्ध लड्ने क्षमता विकास गर्नुपर्ने डा. रोकाको सुझाव  छ। ‘गुर्जो (गुडुची) पहिलो नम्बरमा प्रभावकारी देखिएको छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। दोस्रोमा जेठिमधु प्रभावकारी मानिएको छ’, डा. रोकाले भने।

यस्तै अमला, द्राक्षा, सतबरि (कुरिलो)ले रोगसँग लड्ने क्षमता बढाउने उनको दाबी छ। ‘यी औषधिमा त्रिकटु मिसाउने हो भने चिसोबाट हुने दम, खोकीलाई सन्चो गर्छ’, उनले भने, ‘अहिले गुर्जोका साथै जेठिमधु र त्रिकटु मिश्रित औषधिको क्लिनिकल ट्रायल भइरहेको छ। संक्रमितलाई दिइएको औषधि । व्यावहारिक रूपमा पनि प्रभावकारी देखिएको छ। मृत्युदर पनि कम भएको छ ।’ नरदेवी चिकित्सालय, केन्द्रीय आयुर्वेदिकलगायत अस्पतालमा  आयुर्वेदिक औषधिको बढी उपयोग भइरहेको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…