परीक्षा नियन्त्रण कार्यालय द्वारा कक्षा १२ को आन्तरिक मूल्याङ्कनको नम्बर मंसिर ८ भित्र पठाउन निर्देशन

siddhartha wheel mart

कार्तिक २६, काठमाण्डौ । रास्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क पठाउन निर्देशन दिएको छ।

२०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ जारी भइसकेको पनि बोर्डले जनाएको छ।

aawash steels

उक्त कार्यविधिअनुसार कक्षा १२ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कन २०७७ मंसिर ८ गतेभित्र सम्पन्न गरी कार्यविधिको अनुसूची २ (क) (ख) (ग) को ढाँचा अनुसार यथाशीघ्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन बोर्डले सूचना निकालेर निर्देशन दिएको छ।

बोर्डका शाखा तथा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयहरूले समेत आफ्नो सेवा क्षेत्रभित्रका विद्यालयहरूबाट आन्तरिक मूल्याङ्कनको अंक प्राप्त गरी तोकिएको ढाँचामा परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले भनेको छ।

super kinetic courier

थप जानकारी बोर्डको वेवसाइट www.neb.gov.np बाट लिन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

कक्षा १२ को लिखित परीक्षा भने मंसिर ९ गतेदेखि सुरू हुँदैछ। 

– समाचार सेतोपार्टीबाट

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘नारी बचत खाता’ को सुरुवात

काठमाडौं,फाल्गुन २३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ। विशेषगरी १८ वर्ष…

बहिष्कार र नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक आउँदो फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक…

सर्वोच्च अदालतले नेकपाको नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला

काठमाडौं,फाल्गुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको…

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…