सन्तुलित खाना स्वस्थ शरिरको राज: स्वस्थ रहन पुरा पढ्नुहोस्

सामान्यतया हामी दिनमा तीन पटक खाने गर्छौ बिहान , दिउसो र बेलुकी । बिहान र बेलुकी खाना खाइन्छ भने दिउँसो खाजा । तर डाइटिङको चक्करमा केही व्यक्तिहरु बेलुका खाना खाँदैनन् । यसबाट उनीहरु वजन कम गर्न त सफल हुन्छन्, तर यसले दिर्घकालमा स्वास्थ्यलाई हानी पुर्‍याउन सक्ने विज्ञहरुको भनाई छ । दिनमा तीनपटक खाने गर्दा स्वास्थ्य राम्रो रहने विज्ञहरुको सुझाव छ । यो भन्दा बढी खाँदा पेटले पचाउन नसक्ने र स्वास्थ्य बिग्रिने गर्छ ।

स्वास्थ्यसम्वन्धी विज्ञहरुका अनुसार दिनभरी थोरै थोरै खानेकुरा खाइरहनु स्वास्थ्यका लागि हितकर हुन्छ । तर, धेरै खायो भने त्यसले फाइदाको साटो हानी गर्छ । पटक-पटक गरेर थोरै-थोरै खानेकुरा खाँदा शरीरमा फ्याट जम्मा हुन पाउँदैन किनकी शरीरको फ्याट बर्न गर्ने क्षमता बढ्छ ।

यसबाट ब्लड सुगरको लेभल पनि नियन्त्रणमा रहन्छ र दिनभर शरीरमा उर्जा प्रवाह हुन्छ । यो पनि ध्यानमा राखनु पर्छ कि खाना बिस्तारै र राम्ररी चपाएर खाँदा सबै पोषक तत्व शरीरले ग्रहण गर्न सक्छ र खाना सजिलै पच्छ पनि ।

डाइबिटिजमा रोगीहरुले दिनमा ३ पटक मात्र नभएर ५-६ पटक थोरै थोरै खानेकुरा खाने गर्नुपर्छ । यसबाट शरीरको क्यालोरी बर्न हुन्छ र रगतमा सुगरको मात्रा पनि नियन्त्रणमा रहन्छ ।

तौल घटाउन:

यदि तपाईं आफ्नो वजन क मगर्न चाहनुहुन्छ भने पनि दैनिक पटक-पटक खानेकुरा खानु आवश्यक छ ताकि तपाईंको मेटाबोलिज्म स्थिर रहोस र क्यालोरी बर्न भइरहोस ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…