
शरीरलाई सबैभन्दा फाइदा दिने र महँगो खानेकुरा हो काजु । काजुका सबै फाइदा नै फाइदा छन् । सामान्य मानिसलाई किन्न आँट पनि आउँदैन । महँगो भए पनि काजुका फाइदा भने धेरै छन् । ड्राइ फुडको राजा नै भनिन्छ काजुलाई । यसमा सबै उमेर समूह लाई फाइदा पुर्याउने तत्व हुन्छ ।
काजुमा आइरन, पोटासियम, कपर र मेग्रिसियम लगायतको तत्व प्रशस्त मात्रामा पाइन्छ । हरेक दिन एक टुक्रा मात्र काजु खाँदा पनि स्वास्थ्यको लागी निकै राम्रो हुन्छ । यो खानाले शरीरमा ऊर्जा थपिन गई फुर्ति ल्याउँछ । काजु खाने गर्नाले अनुहार चम्किलो बनाउछ ।काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ ।
काजु खानुका यस्ता छन् फाइदा:
-दाँत बलियो बनाउन
– कपाल राम्रो बनाउन
– आँखाको तेजीलो बनाउन
– गर्भवतीको अवस्थामा, जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउछ।
-कब्जियतबाट जोगिन
– सधैं स्वस्थ, स्फुर्त रहन
– सेक्स क्षमतामा वृद्धि गर्न, हड्डी मजबुत गराउँन । कमजोर महसुस नहुन (अनुहारको छालामा चमक ल्याउँन । पोषण तत्व दिन्छ।डायबेटिज कम गर्न मद्दत गर्छ । मुटु बलियो बनाइ डर नियन्त्रण गर्न ।, रक्तचाप, कोलेस्टेरोल नियन्त्रण गर्न ।