यस्तो छ कोरोना जितेकी ऋचाको सुझाव

बुटवल । ३ हप्ता होम आइसोलेसनमा बसेर कोरोना भाइरसलाई जितेकी नायिका ऋचा शर्माले कोरोना जित्न मानसिक रुपमा तन्दुरुस्त हुनुपर्ने बताएकी छिन् । टाउको धेरै दुेखेपछि र स्वाद हराउँदै गएपछि पिसीआर परीक्षण गराएकी शर्मालाई कोरोना पुष्टि भएको थियो ।

३ हप्ताको निरन्तर लडाईपछि कोरोना जितेकी शर्माले आफ्नो अनुभव सेयर गर्दै आफ्नै युट्युब च्यानलबाट एक भिडियो अपलोड गरेर शुभचिन्तकहरुलाई सेयर गरेकी छिन् । उनले भिडियोमार्फत आफुले स्वास्थ्य सुरक्षा अपनाउँदा पनि संक्रमित हुन पुगेको तितो यर्थाथ बताएकी छिन् ।

उनले भनिन्, ‘लकडाउन भएदेखि नै विशेष कामले मात्र बाहिर जाँदा पनि मास्क र सेनिटाइजरको प्रयोग गर्थे, पटक पटक साबुन पानीले हात धुन्थे तैपनि कसरी संक्रमित भए अचम्म लागेको छ ।’ संक्रमण पुष्टि भएसँगै मानसिक रुपमा पनि तनाब सुरु भएको शर्माले बताएकी छिन् । शर्माले भनिन्, ‘कोरोना जित्न शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन आवश्यक छ ।’ धेरैले संक्रमित हुनेबित्तिकै अब सकियौ भनेर सोच्नु गलत हो भन्दै आत्मविश्वास घटाउन नहुने पनि उनको भनाई छ ।

होम आइसोलेसनमा बस्दा उनले दिनमा दुई पटक वाफ लिने, हट वाटर ब्यागमा तातो पानी हालेर पेटमा राख्ने र नुन पानी प्रयोग गर्ने गरेको बताइन् । चिकित्सकको सल्लाह अनुसार शर्माले कोडोपार र जिंक औषधी सेवन गरेको पनि उल्लेख गरेकी छिन् । आइसोलेसनमा बस्दा मनलाई यतायति डुलाउन नहुने पनि उनको अनुभव छ । उनले घरमै सुरक्षित बस्दा कमेडी फिल्म धेरै हेरेर भएपनि मनलाई बाहिर जान दिइनन् । हाल उनी स्वस्थ्य भएकी छिन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…