बुटवल उपमहानगरद्वारा स्थानीय पाठ्यपुस्तक सार्वजनिक

बुटवल, २५ कात्तिक । कोरोना महामारी संकटको घडीमा पनि बुटवल उपमहानगरले स्थानीय पाठ्यक्रम अनुरूपमा नयाँ पाठ्यपुस्तक तयार पार्दै सार्वजनिक गरेको छ ।

गत असारदेखि नै विद्यालयमा पठनपाठन भइरहेको पाठ्यक्रम अन्तर्गतका पुस्तकहरू तयार पार्दै मंगलवार सार्वजनिक गरिएको छ ।

पाठ्यपुस्तक सार्वजनिक गर्दै प्रमुख शिवराज सुवेदीले शैक्षिक उद्देश्य प्राप्तिका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउने गरी पाठ्यपुस्तक तयार पारिएको बताए ।

केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका र स्थानीय आवश्यकताको आधारमा वर्तमान अवस्थामा प्रयोगमा ल्याइएका आधारभूत तहका सामाजिक र नेपाली विषयका पाठ्यक्रमको सत्यापन गरी आवश्यकता अनुसार विषयवस्तु छनौट गरी तहगत उद्देश्य निर्धारण गर्दै पाठ्यपुस्तक तयार पारिएको प्रमुख सुवेदीले जानकारी दिए ।

स्थानीय मौलिकता, पहिचान र महत्त्वलाई बुझाउँदै माटो अनुरुपको उचित शिक्षाको खाँचो रहेको उल्लेख गर्दे प्रमुख सुवेदीले बुटवल र सेरोफेरोको ऐतिहासिक महत्त्व झल्काउने गरी पुस्तक बनाइएको बताए ।

बुटवलको ५ वर्षे शैक्षिक योजना अन्तर्गत सबै सामुदायिक विद्यालयलाई मण्टेश्वरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयहरुलाई समेत पाठ्यक्रममा समेटिएको छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षाविद्हरूको संलग्नतामा बुटवलले विशेष कार्यदल गठन गरेको थियो । कार्यदलले २०७५ असारमा पाठ्यक्रम तयार पारेको थियो । यो १०० पूर्णांकको पाठ्यपुस्तक हो ।
सोही पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकलाई मंगलवार सार्वजनिक गरिएको हो ।

स्थानीय पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तक बुटवल उपमहानगरमा रहेका ३८ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालयहरुमा पढाई हुनेछ । यसका लागि उपमहानगरपालिकाले विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण गरिसकेको छ ।

मंगलवार उपमहानगरमा सुरक्षा मापदण्डसहित आयोजना गरिएको संक्षिप्त कार्यक्रममा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक बुद्धिसागर भट्टराई र केही लेखकले संयुक्त रूपमा पाठ्यपुस्तक सार्वजनिक गरेका थिए ।

बुटवल सेरोफेरो, पर्यटकीय स्थल, हाम्रो संस्कृति, हाम्रो आस्था, संघसंस्था, योग र प्राकृतिक चिकित्सा तथा जडिबुटीलाई बुटवलको स्थानीय पाठ्यक्रमका मुख्य विषयवस्तु बनाइएको छ । यिनै क्षेत्रलाई समेटेर १ देखि ५ कक्षासम्म पठनपाठन गराउने गरी पाठ्यपुस्तक तयार पारेर सार्वजनिक गरिएको छ ।

६–८ कक्षाका लागि पनि नयाँ पाठ्यपुस्तक तयार भइरहेको उपमहानगरका शिक्षा, स्वास्थ्य, तथा जनसंख्या प्रमुख मित्रमणी खनालले जानकारी दिए ।

प्रारम्भिक बाल शिक्षादेखि ८ कक्षासम्मलाई आधारभूत तह र ९ देखि १२ कक्षासम्मलाई माध्यमिक तहका रूपमा लिएर सोही अनुरुपका पाठ्यक्रम र पुस्तक तयार पारिएको खनालले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा देखिएको वर्तमान शिक्षाको व्यवस्थापन र गुणस्तरीयताको चुनौतिलाई सामना गर्दै विकसित भइरहेको नयाँ–नयाँ प्रविधि र ज्ञानविज्ञानको क्षेत्रलाई समेट्दै सम्पूर्ण बालबालिका, युवा तथा जेष्ठ नागरिकहरूको समेत मैलिक आधिकारको संरक्षण गर्दै उनीहरूलाई सहज, सुलभ, सरल तथा आवश्यकता अनुसार शिक्षा प्रदान गर्नकै लागि २०७६-७७ देखि २०८०-८१ सम्मको पञ्चवर्षीय शिक्षा योजना सरोकारवाला पक्षको सहभागीतामा तयार पारिएको हो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…