रुपन्देहीमा एकैदिनमा तीन जना कोरोना संक्रमितको मृत्यु

siddhartha wheel mart

बुटवल, २५ कात्तिक । कोरोना संक्रमणको कारण रुपन्देहीमा तीन जनाको मृत्यु भएको छ। तीनमध्ये एक स्वास्थ्यकर्मी रहेका छन्।

बुटवलका दुई जना र कपिलवस्तुका एकको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।

aawash steels

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी को भीम अस्पतालमा मृत्यु भएको हो। ४८ वर्षीया महिलामा कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको सोमबार राति मृत्यु भएको हो।

त्यस्तै, सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको उनको भीम अस्पतालमा उपचार हुँदै आएको थियो। दमको दीर्घरोगी रहेका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो।

super kinetic courier

त्यस्तै कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ।

कात्तिक २३ गते अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो २ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। उनको सोमबार राति ९ बजे मृत्यु भएको हो।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ८९ पुगेको छ भने, कपिलवस्तुमा मृत्यु हुने संख्या १४ पुगेको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…