
मुम्बई। बलिवुड अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा आडवाणी अभिनित चलचित्र “लक्ष्मी” प्रदर्सन हुनु अगाडि नै अनलाइनबाट लिक भएको छ । कतिपय टोरेंट वेभसाइटमा यो चलचित्र एचडी क्वालिटीमा डाउनलोड गर्न मिल्ने गरि राखिएको बताइएको भारतीय अनलाइन पत्रिका अमर उज्यालाले उल्लेख गरेको छ ।
यस्तै ओटीटि प्लेटफर्म डिज्नी प्लस हटस्टारले समेत प्रिमियर लागि निर्धारित समय भन्दा डेढ़ घण्टा अगाडी नै यो चलचित्र प्रदर्सन गरेको बताइएको छ । अमर उज्यालाका अनुसार यो चलचित्र साझ साढे ७ बजे प्रिमियर गर्ने साटो ६ बजेर ३० मिनेट मै प्रदर्सन गरेको जनाएको छ ।
यस्तै “लक्ष्मी” साउथको सुपरहिट चलचित्र “कंचना”को रिमेक भएको बताइएको छ ।