स्वदेशी बिजुलीबाट स्वदेशमै मल उद्योग खोल्न सकिने निष्कर्ष

काठमाडौं, २४ कात्तिक । स्वदेशी बिजुली उपयोग गरेर नेपालमा रासायनिक मल कारखाना खोल्न सकिने निष्कर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निकालेको छ । मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारी संयोजक रहेको अध्ययन कार्यदलले कृषिमन्त्री घनश्याम भूसाललाई बुझाएको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् १९८४ र लगानी बोर्डले २०१६ मा गरेको अध्ययनलाई समयनुकुल परिमार्जन गरेर अघि बढे रसायनिक मल कारखाना खोल्न सकिने कार्यदलको सुझाब छ ।

बायोमास ग्यासिफिकेसन र जलविद्युुुुतको हाइब्रिड प्रविधिबाट नेपालमा रासायनिक मल उद्योग सञ्चालन गर्न सकिने सुझाव प्रतिवेदनमा छ । नेपालमा जलविद्युत उत्पादन बढ्ने अवस्थामा उक्त प्रविधिबाट मल उद्योग चलाउने सकिने प्रतिवेदनमा उल्लेख छ ।

प्रविधि छनोटका लागि भने थप अध्ययन चाहिने कार्यदलले सिफारिस गरेको छ । कतिपय देशले रासायनिक मल कारखानाका लागि प्राकृतिक ग्यासलाई सहज ऊर्जा बनाएका छन्, तर नेपालमा जलविद्युत नै सबभन्दा उपयुक्त हुने प्रतिवेदनको निष्कर्ष छ ।

जाइकाको अध्ययनमा के छ ?

करिब चार दशकअघि जाइकाले गरेको नाइट्रोजन मल कारखानाको सम्भाव्यता अध्ययनले सकारात्मक निचोड दिएको थियो । तत्कालीन नेपाल सरकारको अनुरोधमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग -जाइका) ले नेपालमा नाइट्रोजन मल कारखानाको सम्भाव्यता अध्ययन गराएको थियो । उक्त अध्ययनले नेपालमा युरिया मल कारखाना खोल्न सम्भव रहेको उल्लेख गरेको थियो ।

विश्वभर प्राकृतिक ग्यासलाई नै युरिया बनाउने प्रमुख ऊर्जाको रुपमा प्रयोग गरिए पनि विद्युतबाट पनि मल कारखाना चलाउन सकिने अध्ययनमा भनिएको थियो । जलविद्युत, वायुमण्डलको हावा, पानी र सिमेन्ट उद्योगबाट निस्कने धुँवाबाट युरिया उत्पादन गर्न सकिने जाइकाले उल्लेख गरेको थियो ।

लगानी बोर्डको अध्ययनमा के छ ?

लगानी बोर्डले गराएको अध्ययनमा नेपालमा रसायनिक मल कारखाना खोल्न ७६ अर्ब नेपाली रुपैयाँ (६५० मिलियान डलर) लाग्ने अनुमान गरेको थियो । धनुषाको ढल्केबर वा नवलपरासीको बर्दघाटमा आयोजना बनाउन बोर्डले प्रस्ताव गरेको थियो । तीन वर्षमा सकिने आयोजना बनाउन ४ सय हेक्टर जमिन चाहिने अध्ययन प्रतिबेदनमा भनिएको थियो ।

प्राकृतिक ग्यास प्रयोगबाट बनाईने आयोजनाका लागि दैनिक ११५ मेगावट बिजुली खपत हुन्छ भने ११ सय ९७ मेटि्रकटन प्राकृतिक ग्यास हरेक दिन खर्च हुन्छ । सार्वजनिक नीजी साझेदारी तथा निजी लगानीमा मात्रै पनि आयोजना बनाउन सकिने बोर्डको प्रस्ताव छ । आयोजनाको लागि कम्तिमा २० देखि २५ वर्ष नाफा सुरक्षित हुने अध्ययनमा भनिएको थियो ।

बिजुली र कोईलाबाट उद्योगलाई चलाउँदा उत्पादन लागत निकै महँगो हुने भएकाले प्राकृतिक ग्यास नै उक्त विकल्पको रुपमा बोर्डले अघि सारेको छ । बिजुलीबाट उत्पादन गर्दा प्रतिकिलो उत्पादन लागत ४९ रुपैयाँ हुन्छ भने सरकारले किलोमै ३० रुपैयाँभन्दा बढी अनुदान कम्पनीलाई दिनुपर्ने अवस्था आउँछ । यस्तै उद्योगका लागि ५ सय मेगावाट विजुली आवश्यक पर्छ भने झण्डै ४ सय मेगावाटको छुट्टै प्लान्ट नै बनाउनुपर्छ ।

बिजुलीको विकल्पमा कोइलामा जाने हो भने किलोमा २० रुपैयाँभन्दा बढी अनुदान दिनुपर्ने अध्यायनको निष्कर्ष छ । कोइलाबाट एक किलो मल उत्पादन गर्न ४० रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

१ खर्ब खर्चिएर कोइलाबाट चल्ने उद्योग बनाईए १६ लाख मेट्रिक टन कोइला नै आयात गर्नुपर्छ । प्राकृतिक ग्यासमा जाने हो भने प्लान्टले एक किलो मल ३१ रुपैयाँमा नै उत्पादन गर्न सक्छ । यस्तै उद्योग चलाउने हो भने सरकारले किलोमा १३ रुपैयाँ अनुदान दिनुपर्ने अध्ययनको निचोड छ ।


– अनलाइनखबरबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…