प्रतिस्पर्धात्मक जीवन

जीवनमा जुनसुकै प्रतिस्पर्धामा हामी हार वा जीत मध्ये एउटा हुन्छौं । हार र जीत भनेको एकै सिक्काका दुई पाटा जस्तै हाे । एउटा व्यक्ति अर्थात टिमकाे जित भएमा अर्काे व्यक्ति वा टिमकाे हार हुन्छ । हामी हार्दा अब अर्को पटक जित्नुपर्छ भनेर साेच्छाैँ र जित हुँदा हाम्रो मुहारमा हर्ष र मनमा प्रफुल्लताकाे भाव प्रकट हुन्छ । त्यस्तै भएकाे थियाे मलाई पनि । म अहिले बन्दा बन्दिकाे समयमा त्याे क्षण सम्झन्छु जुनबेला म प्राय सामान्य ज्ञान पढ्न रुचाउँथेँ । सामान्य ज्ञान पढ्ने हुनाले विद्यालयमा हुने हाजिरी जवाफ प्रतियोगितामा म प्रायः जसाे सहभागी हुन्थे । विद्यालयमा हुने हाजिरी जवाफ प्रतियाेगितामा म प्राय जसाे प्रथम नै हुन्थे ।

विद्यालयमा हुने अरु प्रतियोगिताहरुमा पनि म सहभागी हुन्थे । अन्य प्रतियोगिताहरुमा हिसाब दाैड, हाइ जम्प, लङ जम्प, वादविवाद, वक्तृत्वकला, दाैड, कबड्डी जस्ता प्रतियोगिताहरु हुन्थ्यो तर म हिसाब दौड वक्तृत्वकला, वादविवाद जस्ता प्रतियोगितामा मात्र विजय हासिल गर्थेँ बाँकी सबै प्रतियोगिताहरुमा पराजय हुन्थँ र अर्को पटक जित्नुपर्छ भनेर मनन गर्थें । पराजय हुँदा म विचार गर्थें जित मात्र ठुलाे कुरा हाेइन हारबाट पनि हामीले केही अर्तीहरु प्रेरणाकाे रुपमा सिक्न सक्छौं । हामी हारेमा हामीले अझ धेरै परिश्रम गर्नुपर्छ भनेर बुझ्छाैँ त्यसैगरी जितेमा पनि हामीले त्यसलाई अझ धेरै परिस्थितिसँग जित्नुपर्छ भनेर बुझ्छौँ ।


त्यसैगरी म प्रतियोगिताहरुमा सहभागी हुने क्रममा कालिञ्चाेक एफएमद्वारा हाेलीकाे अनुकूलतामा अायाेजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा पनि भाग लिएको थिँए । म कहिल्यै पनि अाफ्नाे विद्यालयमा भन्दा बाहिरी विद्यालयमा वा अन्यत्र कुनै ठाउँमा हुने प्रतियोगितामा सहभागी भएकाे थिइनँ । मेराेविद्यालयमा पढाउनु हुने शिक्षक समिरा बस्नेतले मलाई उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभएको थियो । त्याे क्षण मलाई अहिले नै जस्ताे लाग्छ । म उहाँको अनुरोध पछि खुशी र प्रसन्नतकाे साथ उहाँको प्रस्तावलाई स्विकारेँ । मलगायत अरु दुई जना साथी पनि हाजिरी जवाफ प्रतियोगितामा सम्बद्व थिए । हाेलीकाे दिन हामी प्रतियोगितामा सहभागी ३ जना र मेराे दिदी सहित ४ जना कालिञ्चाेक एफएमको हलमा प्रस्थान गर्याैँ बाटामा भएका अवरोधहरुकाे सामना गर्दै र साथसाथै केही अाशा र भराेसाका सामिप्यमा ।


त्याे दिन मेराे मन हर्षित भएको थियो र मनमनै कालिञ्चाेक एफएमप्रति अाभारी पनि थिएँ, विद्यार्थीहरुकाे क्षमता अभिवृद्धि गर्न सहयाेग पुर्‍याउने कार्यक्रमकाे अायाेजना गरेकाेमा । कालिञ्चाेक एफएमकाे हलमा पुग्दा त्यहाँ अन्यत्र विद्यालयका विद्यार्थी साथीहरू पनि अाएका रहेछन् । केही समयकाे प्रतीक्षा पछि कार्यक्रम सुरु भयाे ।


कार्यक्रम निकै नै उत्साहजनक रुपमा नै सञ्चालन भएकाे थियो । उक्त कार्यक्रममा हामी सहभागी भएको विद्यालय अर्थात भीम माध्यमिक विद्यालय प्रथम भयो । हामीले पुरस्कार ग्रहण गरिसकेपछि केही क्षणकाे महत्त्वपूर्ण वक्तव्य पश्चात् कार्यक्रमकाे समापन भयाे । हामीलाई उक्त कार्यक्रममा नै खाजा खुवाइयाे । मनमा केही हर्षबढाइँ अनि केही अानन्दातिरेक भाव लिएर अाउँदाे दिनमा पनि कालिञ्चाेक एफएमले यस्तै यस्तै अभिवृद्धिमुलक कार्यक्रम राखाेस् भन्ने अपेक्षाका साथ म घर फर्केँ ।त्याे समय सम्झिदा मलाई एकदमै अानन्द र खुसी लाग्छ अहिले पनि । यस्तै अनुभव हुँदाे रहेछ जीवनमा जीत हुँदा । प्रतिस्पर्धाले नै मानवलाई अझ केही कदम अघि बढ्ने प्रेरणा दिन्छ भन्ने पाठ म कालिञ्चाेक एफएमद्वारा अायाेजना गरिएकाे हाजिरी जवाफ प्रतियोगितामा गएर सिकेकाे त्याे प्रेरणादायी पाठ मलाई अझै पनि ताजै छ । तर त्यो प्रतिस्पर्धा त अस्थिर मात्र थियो अब त जीवनमा अाइपर्ने थुप्रै प्रतिस्पर्धामा पनि सहभागी भएर विजय हासिल गरेर अाफ्नाे समाजको ज्वलन्त उदाहरण बन्नुपर्ने अवस्था अाएकाे छ जस्ताे लाग्छ मलाई ।


त्यस्तैगरी अहिले हामी काेभिड १९ सँग प्रतिस्पर्धा गरिरहेका छाैँ । यस प्रतिस्पर्धाकाे अखाडामा उत्रिदा थुप्रै बाधा व्यवधान सहेर मात्र हामीले काेभिड १९ माथि विजय हासिल गरेर विजयाेपारकाे रुपमा याे स्वतन्त्र संसार प्राप्त गर्न सक्छौं । याे बन्दा बन्दिकाे समय भनेको पृथक मनन र विचारका साथ नवीन जाेश, जाँगर र उमङ्ग लिएर काेभिड १९ सँग मुकाबिला गर्ने समय हाे । विगतमा भएका गतिविधि छाेड्दै अनि वर्तमानमा भएको समस्यासँग जुध्नुपर्ने समय अाएकाे छ अहिले । काेभिड १९ समस्या समाधानमा प्रमुख भुमिका अामाकाे रहेकाे हुन्छ । एउटी अामाले अाफ्नाे सन्तानलाई विभिन्न किसिमका ज्ञान र राेगबाट कसरी बच्ने शिक्षा दिनुहुन्छ ।अब चुलाे चाैकामा सीमित अामालाई पनि काेभिड १९ बारे चेतना दिनु अावश्यक हुन्छ, सरकारले पनि विभिन्न कार्यक्रम ल्याएर चुलाे चाैकामा मात्र सीमित महिलालाई उकास्न तर्फ लागेमा मात्र थुप्रै राेगकाे निदान सजिलै हुन्छ जस्तो लाग्छ मलाई ।


हामी अहिले युद्धरत मैदानमा सङ्ग्रामका लागि तरबार लिएर युद्धमा हुने नियमकाे पालना गरे जस्तै राज्यको निर्देश पालना गरिरहेका छाैँ काेभिड १९ लाई परास्त गर्न । विज्ञानमा अनेकौं चमत्कारीताहरु सिर्जना गरेर फड्को मारिसकेकाे विश्वले अब छिट्टै न‌ै काेभिड १९ माथि केही समयपछि विजय हासिल गर्ने छ निश्चय नै । जसरी युद्धमा कुनै युद्ववीरले अाफ्नाे शरीर बलिदान गर्छ, कुनै याेद्वा घाइते हुन्छन् त कुनै याेद्वा सकुशल अाफ्नाे स्थानमा फर्कन्छ अहिलेकाे समय पनि त्यस्तै भएको छ काेभिड १९ ले गर्दा काेही मृत्युको मुखमा पुगेका छन् काेही सङ्क्रमित छन् , काेही राेगकाे इलाज पछि अाफ्नाे घर गइसकेका छन् ।

जेजस्तो अवस्था भएपनि त्याे अवस्थालाई सुदृढीकरण गरेर मृत्युु हुने र सङ्क्रमित हुनेकाे सङ्ख्या वृद्धि हुन नदिन अहिलेकाे समयमा हामीमाझ चुनाैतीकाे कुरा भएको छ । जसरी प्रतिस्पर्धाकाे मैदानमा उत्रिसकेपछि युद्ध जित्न कठिन हुन्छ त्यसैगरी हामीलाई काेभिड १८ सँग प्रतिस्पर्धा गरेर जित हात पार्न पनि कठिन भएको छ । तर हामीले राज्यकाेनीति नियमहरुलाई पालना गरिरहनुपर्छ एकदिन निश्चिन्त रुपमा नै काेभिड १९ माथि विजय हासिल गर्न सक्ने छाैँ ।

-सुवर्ण श्रेष्ठ

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…