यस वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने

siddhartha wheel mart

२३ कार्तिक,काठमाडौँ : नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताउनुभयो । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुखसँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिनुभएको हो ।

aawash steels

“मुलुकभरका कुनै पनि प्रहरी कार्यालयमा यस वर्ष तिहारमा विशेष मनोरञ्जन कार्यक्रम तथा देउसी भैलो नखेल्न नखेलाउन निर्देशन भएको छ”, प्रवक्ता कडायतले भन्नुभयो, “कोरोना महामारी बढ्न सक्ने भएकाले देउसी भैलो लगायतका कार्यक्रम निषेध गरिएको हो ।” त्यस्तै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई देउसी भैलो लगायतका मनोरञ्जन कार्यक्रम नगर्न, नगराउन माइकिङ गरी सचेतना फैलाउने काम भइरहेको जानकारी उहाँले दिनुभयो ।

काठमाडौँ उपत्यका र तराईका विभिन्न जिल्लामा तिहारमा देउसी र पहाडी क्षेत्रमा भैलो खेल्ने प्रचलन छ । यस वर्षको तिहारमा सम्पूर्ण मनोरञ्जनका कार्यक्रम स्थगित गरी घरमै बसी परिवारसँग रमाइलो गर्न आग्रह गरिएको छ ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…