उखु किसान पुनः आन्दोलित

siddhartha wheel mart

काठमाडौं ,कार्तिक २४। चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता रकम छठलगत्तै नपाए २७ मंसिरदेखि पुनः आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानले बक्यौता रकम नपाएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताएका छन् । उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले विगतमा भएको सहमतिसमेत अहिलेसम्म कार्यान्वयन नभएको बताए । उनले भने, ‘सरकारसँग भएको सहमतिअनुसार गत २५ माघभित्रै सबै बक्यौता पाउनुपर्ने थियो । तर, सम्झौता भएअनुसार हामीले बक्यौता पाएका छैनौं ।

aawash steels

छठसम्म बक्यौता नपाए २७ मंसिरबाट काठमाडौंको माइतीघर मण्डलामा सबै किसान आएर आन्दोलन गर्नेछौं ।’ उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको बताए । उनले सरकार नै मूकदर्शक भएपछि आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताए । उनले चिनी उद्योगीबाट अझै ५० करोडभन्दा बढी रकम लिन बाँकी रहेको बताए । तीन वर्ष चिनी उद्योगीले किसानको बक्यौता रकम नदिएपछि काठमाडौंमै आएर आन्दोलन गरेका थिए ।

आन्दोलनपछि १८ पुस २०७६ मा मन्त्रालयले उखु किसानसँग ५ बुँदे सम्झैतासमेत गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावरण बनाउने र मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष पुग्नै लाग्दा किसानहरूले अझै उखुको पैसा पाएका छैनन् । यसैगरी, उखु किसानको ४१ रुपैयाँ करोड भुक्तानी नगरी उद्योग बन्द भएपछि किसानले दसैंअघि नै बाँकी भुक्तानी गर्ने पर्ने माग गत २६ कात्तिकमा संसदीय समितिमा ज्ञापनपत्रसमेत बुझाएका थिए ।

super kinetic courier

गत ११ साउनबाट बन्द भएको श्रीराम सुगर मिल्स गरुडा (रौतहट)ले उखु किसानको ४१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानले समितिलाई जानकारी गराएका थिए । मिल बन्द भएपछि उखु किसान र उद्योगका श्रमिकसमेत मारमा परेको भन्दै उद्योगको पुनर्संरचना र बक्यौता रकम भुक्तानीको मागसहित किसानले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका थिए । उखु उत्पादक संघ रौतहटले गत २६ कात्तिकमा प्रतिनिधिसभा संघीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा श्रीराम सुगर मिलसँग सम्बन्धित उखु किसान, श्रमिक र उद्योगको समस्या समाधान गरिदिन भन्दै निवेदन गरेका थिए ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…