
बुटवल, २४ कात्तिक — रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
कात्तिक २२ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनको उपचारकै क्रममा उनको सोमबार बिहान ६ बजे मृत्यु भएको डा. गौतमले बताए । उनका अनुसार ती व्यक्तिमा कलेजो र मृगौलासम्बन्धी समस्या थियो ।