आज पनि बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस तोलाको कति ?

siddhartha wheel mart

काठमाडौँ, २३ कार्तिक । केही दिन देखी उकालो लागि रहेको सुनको मूल्य आइतवार पनि बढोत्तरी भएको छ । शुक्रबार सुनको भाउ तोलामै १ हजार रुपैयाँले उकालो लागेको थियो । आज त्यही क्रमले निरन्तरता पाउँदै ५ सय रुपैयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको वेभसाइटका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९७ हजार ७ सय तोकिएको छ । त्यसैगरी तेजावी सुनको मुल्य ९७ हजार २ सय कायम भएको छ । शुक्रवार छापावाला सुन ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँ कायम भएको थियोे। बिहीबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला छापावाला सुन ९६ हजार २०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आइतवार चाँदीको मूल्य पनि बढेको छ ।

aawash steels

आज २० रुपैयाले चाँदीको भाउ बढेको हो । महासंघका अनुसार चाँदीको मूल्य १२७५ प्रतितोला तोकिएको छ । शुक्रवार चाँदीको भाउ तोलामै ४५ रुपैयाँ बढेर १ हजार २५५ रुपैयाँ कायम भएको थियो । विहिबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…

ओली पक्षका सांसद श्रेष्ठले प्रचण्डले मन्त्री बनाइदिने आश्वासन दिएको भनेर…

काठमाडौं,फाल्गुन १८ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसद कृष्णकुमार श्रेष्ठले प्रचण्डले आफूलाई मन्त्री बनाइदिने आश्वासन दिएको भनेर आएको समाचारको खण्डन गरेका छन्। तनहुँका सांसद…