
२३ कात्तिक काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमणबाट थप २१ जनाको निधन
यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २१ जनाको निधन भएको मन्त्रालयले जनाएक छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ सय ८ पुगेको छ ।