सैनामैना नगरपालिकाका एक कोरोना संक्रमित पुरुषको उपचारक्रममा निधन

बुटवल, २३ कात्तिक । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना नगरपालिका –१ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको हो ।

आइतबार बिहान साढे १० बजे कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार थालिएको तीन घण्टापछि आइतबार दिउँसो साढे १ बजे उनको मृत्यु भएको प्रवक्ता डा. विष्णु गौतमले बताए । उनी उच्च रक्त चापसम्बन्धी रोगबाट ग्रसित थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ८३ र लुम्बिनी प्रदेशमा १९७ पुगेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…