कक्षा १२ को परीक्षा: २५ जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु

siddhartha wheel mart

२३ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएका जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मासहितको टोलीले शुक्रबारबाट प्रश्नपत्र छपाइ शुरु गरेको हो ।

बोर्डले कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका करिब २५ जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको हो । इन्टरनेटको समस्या भएका जिल्लाका लागि छुट्टै प्रश्नपत्र छपाइ गरेको बोर्डले जनाएको छ । तिहार अघिसम्म छपाइ सक्ने योजनासहित परीक्षा नियन्त्रक शर्माको टोली जनक शिक्षामा प्रवेश गरेको हो । बोर्डले यो वर्ष साढे १ घण्टाका लागि तय गरेको परीक्षाको प्रश्नपत्र फरकफरक सेटको हुनेछ ।

aawash steels

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले मूल विषयका करिब ६ सेट प्रश्न तयार गरिएको जानकारी दिनुभयो । बोर्डले पूर्व, पश्चिम, हिमाली र उपत्यकालगायत जिल्लाका लागि छुट्टै प्रश्नपत्र तयार गरेको जनाएको छ । मंसिर ९ देखि १६ गतेसम्मका लागि तय गरेको परीक्षामा ४ हजार १ सय ५ विद्यालयमा परीक्षा हुनेछ । बोर्डले ती केन्द्रमा परीक्षा सञ्चालन हुनु आधा घण्टा अघि मात्र इमेलमार्फत प्रश्नपत्र पठाउनेछ ।

सबै केन्द्रमा कोड नम्बरको व्यवस्था गरेकाले परीक्षा हुनु आधा घण्टाअघि कोड नम्बर प्राप्त भएपछि मात्रै प्रश्नपत्र हेर्न सकिनेछ । इमेलमा आएको प्रश्नपत्र फोटोकपी गरेर विद्यार्थीलाई दिने व्यवस्था गरिएको छ । फोटोकपी गर्न असम्भव भए प्रश्नहरु बोर्डमा लेख्ने सकिनेसमेत व्यवस्था छ । बोर्डले सबै प्रदेश कार्यालयमा उत्तरपुस्तिका पठाइसकेको जनाएको छ । परीक्षा केन्द्रमा पठाउने काम प्रदेश कार्यालयले गर्न बाँकी छ ।

super kinetic courier

तिहारलगत्तै सबै उत्तरपुस्तिका केन्द्रमा पुग्ने गरी तयारी भइरहेको छ । कोभिड–१९ को विशेष परिस्थितिमा विद्यार्थीहरु जहाँ छन् त्यही स्थानबाट परीक्षा दिने व्यवस्था गरिएको छ । त्यसका लागि विद्यालयले आफ्ना विद्यार्थीको प्रवेशपत्र उपलब्ध गराउनुपर्नेछ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केन्द्रमा भीडभाड नहुने गरी व्यवस्था गर्न निर्देशन दिनुभएको छ । बोर्डले तीनै सुरक्षा निकायका अधिकारीसँग छलफल गरिसकेको छ ।

मन्त्रालयले परीक्षालाई व्यवस्थितरुपमा सञ्चालन गर्न सहयोगका लागि संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय निकाय, जिल्ला शिक्षा तथा समन्वय इकाइलाई पत्राचार गरिसकेको छ । बोर्डले परीक्षामा सहभागी सबै विद्यार्थीले अनिवार्यरुपमा मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने, सबै केन्द्रमा अनिवार्यरुपमा हेल्थडेक्स राखिनुपर्ने, केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्यरुपमा थर्मल गनले तापक्रम परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा पौडेलले हरेक केन्द्रमा स्थानीय तहको समन्वयमा हेल्थडेक्ससहित स्वास्थ्य सामग्री राख्नुपर्ने बताउनभुयो । कोभिडका कारण योे वर्ष परीक्षा ४० प्रतिशतको प्रश्न सोधिनेछ । विद्यालयका विषय शिक्षकले कपी परीक्षण गरी उत्तरपुस्तिकासहित बोर्डमा पु¥याउने व्यवस्था गरिएको छ । परीक्षामा करिब ४ लाख २६ हजार विद्यार्थी सहभागी हुनेछन् । नेपाल समाचार पत्रमा समाचार छापिएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…

आज दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने

काठमाडौं,फाल्गुन १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ…