एलजीले ल्याउदैछ कागजजस्तै बेर्न मिल्ने स्मार्टफोन

काठमाडौं । अहिले बजारमा फोल्डेबल स्मार्टफोनको ट्रेन्ड चलिरहेको छ । पछिल्लो दिनमा एलजीले रोटेटिङ डिस्प्ले भएको स्मार्टफोन बजारमा ल्यायो ।

अब चर्चा चल्न थालेको छ कि कम्पनी एउटा अर्को रोटेटिङ डिस्प्ले भएको स्मार्टफोन एलजी रिलायबल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण विशेषता नै के छ भने यसको डिस्प्लेलाई कागज जस्तै बेर्न सकिन्छ ।

रोलेबल डिस्प्लेका साथ आउने यो विश्वकै पहिलो स्मार्टफोन हुनेछ । लिक्सका अनुसार एलजी रिलायबलका लागि प्रयोगकर्ताले धेरै समयको प्रतिक्षा समेत गर्नुपर्ने छैन ।

यो फोन आउँदो वर्षसम्म सार्वजनिक हुनसक्ने अनुमान गर्न सकिन्छ । कम्पनीको अपकमिङ तथा अनौठो स्मार्टफोन एलजी रोलेबलले हालै मात्र ट्रेडमार्क एप्लिकेसन प्लेटफर्म ईयूआईपीओमा स्पट गरिएको थियो ।

जहाँबाट यसको नामलाई यकिन गरिएको हो । फोनको नामबाटै पूर्ण रुपमा स्पष्ट हुन्छ कि नयाँ स्मार्टफोन रोलेबल डिस्प्लेका साथ बजारमा प्रस्तुत हुनेछ । कम्पनीले यसलाई आउँदो वर्षको मार्चसम्ममा सार्वजनिक गर्नेछ ।

यद्यपी अहिलेसम्म कम्पनीको तर्फबाट यो स्मार्टफोनको विषयमा आधिकारिक तवरमा कुनै घोषणा भने गरिएको छैन । लेट्सगोडिजिटलको रिपोर्टअनसार कम्पनीले दर्ता गराएको ट्रेडमार्क आवेदनबाट यसको अवधारणा स्पष्ट भएको छ ।

रिपोर्टमा जानकारी दिइएअनुसार कम्पनीले सुरुमा आफ्नो रोलेबल स्मार्टफोनलाई एलजी द रोल, एलजी डबल रोल, एलजी डुअल रोल, एलजी बिरोल र एलजी रोल क्यानभास नाम राख्ने विषयमा विचार गरिरहेको थियो । तर अन्ततः कम्पनीले यो स्मार्टफोनलाई एलजी रोलेबल नामका साथ दर्ता गराएको हो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…