दाङका एक कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगन्ज, २२ कात्तिक – दाङबाट नेपालगञ्जमा कोरोना उपचार गराउन ल्याइएका ५९ वर्षीय पुरुषको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराइरहेका घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ५९ वर्षीय पुरुषको शनिबार बिहान ५ः२५ बजे मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि ५९ वर्षीय पुरुषलाई कात्तिक ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।

६ गते स्वाव जाँच गर्दा कोरोना पोजिटिभ देखियो। ७ गते कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो । स्वास्थ्य सुधार नआएपछि २० गते भेरी अस्पतालमा ल्याइएको थियो।

योसँगै बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा बाँकेमा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…