कांग्रेस पदाधिकारीहरूको बैठक आजपनि बस्दै

काठमाडौं,कार्तिक २२ । कांग्रेसका पदाधिकारीहरूको बैठक आजपनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा मुख्य गरी फागुनमा तय गरिएको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने विषयमा छलफल बढी केन्द्रित छ ।
पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले विभिन्न विषयमा धारणा राख्ने क्रम शुक्रबार पनि जारी रहेको थियो । अझै केही वक्ताले धारणा राखेर निष्कर्षमा पुग्नका लागि आज पुनः बैठक बस्ने जनाइएको छ ।

शुक्रबारको बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू डा रामशरण महत, डा मिनेन्द्र रिजाल, एनपी साउदलगायतले १४ औं महाधिवेशन फागुन गर्न समस्या रहे पनि धेरै टाढा सार्न नमिल्ने धारणा राखेका थिए ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, नेताहरूले एकदेखि डेढ घण्टासम्म समय लिएर विचार राखेकाले बैठक लम्बिएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी र केही प्रभावशाली केन्द्रीय सदस्यहरूको उपस्थिति छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जना केन्द्रीय सदस्यले सभापति देउवालाई बुझाएको ध्यानाकर्षणपत्रका विषयलाई टुङ्गोमा पुर्‍याएर कात्तिक २४ गते केन्द्रीय कार्य समितिको बैठक बस्ने तयारी रहेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…