लसुनको थुप्रै फाइदाहरु

एजेन्सी – तरकारीलाई बास्ना दिन र स्वादिष्ट बनाउन लसुनको प्रयोग गर्ने गरिन्छ । भोजनको स्वाद बढाउनका साथै औषधिय गुण पनि हुने भएकाले यसको महत्व निकै धेरै हुने गर्छ । लसुन एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । लसुनमा भिटामिन सी, बी–६, म्याग्निज र सेलेनियम जस्ता पोषक तत्त्वहरु पाइन्छ । यसले उच्च रक्तचाप कम गर्ने, कोलेस्ट्रोल नियन्त्रण गर्ने, मुटुरोग, स्ट्रोक, क्यान्सर जस्ता अंगहरुमा संक्रमण हुनबाट जोगाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन
शरीर स्वस्थ राख्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक हुन्छ । लसुनमा पाइने यौगित गुणले रोग प्रतिरोधात्मक क्षमता बढाउन लाभदायी हुन्छ । जति पुरानो लसुन भयो उति नै स्वास्थ्यलाई फाइदा गर्छ । यो बाहेक लसुन खाँदा शरीरमा विभिन्न प्रकारका रोेगप्रतिरोधी कोशिकाहरुको विकास हुन्छ । 

उच्च रक्तचाप
लसुनमा पाइने बायोएक्टिभ सल्फर यौगिक, एस–एललिस्सीस्टीन जस्ता पदार्थले उच्च रक्तचापलाई १० एमएमएचजी (सिस्टोलिक प्रेशर) र ८ एमएमएचजी (डायलोस्टिक प्रेशर) सम्म कम गर्न मद्दत गर्छ । सल्फरको कमीबाट हुने उच्च रक्तचापको समस्यामा हुने आर्गनोसल्फर यौगिकहरुको पूरा गर्नको लागि पनि मद्दत गर्छ  । 

मुटु स्वस्थ राख्न 
हरेक दिन लसुन खाँदा कोलेस्ट्रोल खराब हुनबाट १५ प्रतिशत कम गर्छ । यसले खराब कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्छ । 

आन्द्रालाई स्वस्थ राख्न 
लसुनको सेवनले पेट र आन्द्रा स्वस्थ राख्छ । यसमा हुने एन्टिमाइक्रोबायल गुणले आन्द्रालाई लाभकारी माइक्रोफ्लोरा र हानिकारक एन्टिरोब्याक्टेरियाबीचमा अन्तर पैदा गरेर हानिकारक ब्याक्टेरिया बन्नबाट जोगाउँछ । 
हड्डी मजबुत गर्न 
लसुनले शरीरमा क्याल्शियमको कमी पूरा गर्छ । जसले हड्डिहरुलाई कमजोर हुनबाट बचाउँछ । यसका साथै, लसुनमा हुने सल्फर यौगिक म्या एन्टीइन्फ्लेमेटरी र एन्टिअर्थराइटिक गुणले जोर्नी कमजोर हुने समस्या कम गर्छ । 

कलेजो स्वस्थ राख्न
जसको कलेजोमा समस्या हुन्छ । ती व्यक्तिले सीमित मात्रामा लसुनको सेवन गर्नुपर्छ । लसुनको तेलमा एन्टिअक्सिडेन्ट हुने भएकाले कलेजो सुन्निने समस्या कम हुन्छ । #लसुन

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…