
कार्तिक २१,काठमाडौं । काठमाडौँलाई मागि खानेहरुको शहर नबनाउने भनेको महानगरले अन्तत खुलामञ्चको निशुल्क खाना अभियान बन्द गराएको छ । भाइटीकासँगै खुलामञ्च लगायतका अन्य सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द गर्ने सहमति भएको छ ।
महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो । त्यसपछि निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय गर्ने भनिएको छ ।
आज भएको सहमति अनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्ने भएको छ । खुलामञ्चमा खाना खुवाउँदा भाइरस संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने विचार दुबै पक्षले गरेका छन् ।