बेपत्ताको पहिचानका लागि खोजतलासमा सहयोग गर्न आग्रह

siddhartha wheel mart

कार्तिक २१ ,काठमाडौं | बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित र सरोकारवालासँग सशस्त्र द्वन्दका क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

एक आयोजित कार्यक्रममा आयोगका आयुक्त डा गंगाधर अधिकारीले आयोगले बेपत्ता पारिएका व्यक्तिको पहिचान र पीडितका परिवारले भोगिरहेको समस्या सम्बोधनका लागि निरन्तर काम गरिरहेको बताए । उनले अनुसन्धानलाई अन्तिम रुप दिन पीडित परिवार, स्थानीय तह, सरकार र अन्य सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताए ।

aawash steels

आयोगका सदस्य डा. अधिकारीले आयोगमा देश भरीबाट तीन हजार दुई सय २३ उजुरी परेकामा बर्दियाबाट दुई सय ८८ उजुरी परेको जानकारी दिँदै तीमध्ये दुई सय ५५ उजुरीमा अनुसन्धान प्रक्रिया धेरै अघि बढिसकेको बताए । अनुसन्धान अगाडि बढेका उजुरीका पीडित परिवारलाई पीडित, स्थानिय तह र अन्य सरोकारवालाको सहयोगमा अन्तिम रुप दिई परिचय पत्र वितरणको तयारी भइरहेको पनि आयुक्त डा. अधिकारीले जानकारी दिए ।

बाँकी रहेका अनुसन्धान सकेर मङ्सिरबाटै परिचय पत्र वितरण गर्ने कार्यको शुरुवात गरिने उनको भनाइ छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा सशस्त्र द्वन्दका क्रममा भएका घटनाका बारेमा कार्यसम्पादन गर्न छुट्टै कार्यालयको व्यवस्था नहुँदा प्रशासनबाट मात्रै काम गर्न समस्या रहेको बताए ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…

आज दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने

काठमाडौं,फाल्गुन १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ…

काठमाडौंमा फेरि बर्डफ्लु संक्रमण देखियो

काठमाडौं,फाल्गुन १५ । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ। पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु…

ओली नेतृत्वको नेकपाका सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न

काठमाडौं,फाल्गुन १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न भएको छ। शुक्रबार दरबारमार्गस्थित होटल याक…

कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल

काठमाडौं,फाल्गुन १४ । काठमाडौं उपत्यकाको कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल भएको छ। बिहीबार कमलपोखरीका तीन स्थानमा कंक्रिट संरचना राखिएको थियो।…