राजा वीरेन्द्रले टीका लगाइदिएको प्रम ओलीको भनिएको फोटोका व्यक्ति को हुन ?

siddhartha wheel mart

वीरगञ्ज, कात्तिक २१ गते । सामाजिक सञ्जालमा राखिएका तस्बिर भिडियो जस्ता कुरामा सत्य नबुझी धेरैले कमेन्ट र शेयर गर्छन् । यसो गर्दा कानुनी रुपमा अपराध ठहरिन्छ वा अरुकाे मानमर्दन हुन्छ भन्ने हेक्का धेरैलाई हुँदैन भन्ने कुराको एउटा उदाहरण तत्कालीन राजा वीरेन्द्रसँग एक व्यक्तिले टीका थाप्दै गरेको तस्बिर थियो ।

सामाजिक सञ्जालमा सो तस्बिर राखेर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिकाटिप्पणी भए । तर टीका थाप्ने व्यक्ति पर्साको वीरगञ्ज उपमाहानगरपालिका अलौका जनकलाल साह हुनुहुन्छ । उहाँ आफैलाई सो फोटो कस्ले सामाजिक सञ्जालमा राख्यो भन्ने थाहा छैन । बुधबार मात्र उक्त तस्वीर भाईरल भएको एकजना साथीले बताए पछि उहाँले थाहा पाउनुभयो ।

aawash steels

करिब दुई वर्ष पहिले पनि कसैले उक्त फोटो मागेको तर आफूले कसैलाई नदिएको तर कहाँबाट फोटो बाहिरियो आफूलाई थाहा नभएको साहले बताउनुभयो । आफूले फोटोहरु जम्मा गरेर राखेको हुनाले उक्त फोटो पनि घरमा हुनुपर्ने, छ छैन खोजेर बताउने साहले बताउनुभयो । फोटो भाईरल भनेको त राम्रै कुरा हो तर त्यहाँ एउटा मिस्टेक हुन गएको छ कि मेरो फोटो हो तर प्रधानमन्त्री ओलीको भनिएकाले त्यो अन्तैतीर गए जस्तै लाग्यो ,साहले भन्नुभयो ।

साह नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय वीरगञ्जका अध्यक्ष हुनुहुन्छ भने आफूलाई राजसंस्थाप्रति सर्मपित व्यक्ति ठान्नुहुन्छ । को हुन् त जनकलाल साह ? तत्कालिन अलौ गाँऊपञ्चायत वडा नम्बर ६ बजारटोलमा २०२४ साल चैत १ गते जनकलाल साह जन्मिनु भएको थियो । २०४६ सालमा भारतको पटनामा रहेको पिएमसीएच मेडिकल कलेज अन्तर्गतको सब्जीबागमा रहेको साईन्स कलेजमा ईलेक्ट्रोनिक्स ईन्जिनियरिंग अध्ययन गर्दै गर्दा नेपालमा प्रजातन्त्र बहाली भएको खबर पाएपछि नेपाल फर्किएको बताउने साहले २०५१ सालको दशैको टिकाको दिन साँझ ७ बजेर ३५ मिनट जाँदा राजा वीरेन्द्रको हातबाट टिका थापेको बताउनुभयो ।

super kinetic courier

त्यस दिन आफूले राज वीरेन्द्रसंग एक्लै केही कुरा गर्न चाहेको र त्यसका लागि समय दिन बिन्ती गरेपछि पर्सिपल्ट ११ बजे भेटने अवसर पाएको दाबी गर्नुहुन्छ । राजा वीरेन्द्रसंग भेटघाटको क्रममा आफू राजसंस्थाको भक्त रहेको र प्रजातन्त्रको आगमनले मर्माहत भएको बताएपछि राजाबाट केही वर्ष अझ हेर्न आग्रह भएको र प्रजातन्त्रलाई चल्न दिन निर्देशन गरिएको साह बताउनु हुन्छ ।

२०५२ साल देखि ५७ सालसम्म भिआईपी पासबाट दशै र राजाको जन्मदिनका दिन टीका ग्रहण गर्ने गरेको बताउनु भयो । ५८ सालमा राजपरिवारको हत्या भएपछि टीकाको कार्यक्रम नै नभएको र यस वर्ष कोभिडको कारण टिका ग्रहण गर्न नगएको बताउनुभयो ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…