यस वर्ष तनहुँमा तिहारका लागि यस्तो छ सुरक्षा व्यवस्था, देउसीभैलो खेल्न मनाही

siddhartha wheel mart

कार्तिक २०, तनहुँ जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो ।

दीपावलीको समयमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । जिल्ला कोरोना नियन्त्रण समितिको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उनले भने, “यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिनेछ ।”

aawash steels

पछिल्लो समयमा कोरोना समुदाय स्तरबाट समुदायमा समेत फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउन मानिसको चहलपहलमा न्यूनीकरण गर्न लागिएको हो । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको उनले बताए । सकभर घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लगाएर सामाजिक दुरी कायम गरेर मात्रै निस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…