
कार्तिक २०, काठमाडौँ। रास्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ज्ञानु लामाको निधन भएको छ।
पहिले देखि नै किड्नी र घाटी सम्बन्धि रोगबाट पिडित लामाको चाव्हेल स्थित एक अस्पतालमा उपचारको क्रममा बुधबार राति करिब ८ बजे निधन भएको अर्का केन्द्रीय सदस्य बिक्रम बहादुर थापाले आजको नेपाललाइ जानकारी दिए।
“उनि पहिले देखि नै हकी स्वभाबका थिए।” थापाले सम्झिदै भने। ” लामा पार्टीको स्थापना कालदेखि नै पार्टीमा सक्रिय भूमिका निभाउने नेता मध्यको भएको थापा बताउछन् ।