मतपरिणाम आउन थालेसंगै अमेरिकामा प्रदर्शन सुरु

siddhartha wheel mart

एजेन्सी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतपरिणाम आउन ढिलाइ भएसँगै प्रदर्शनहरू हुन थालेका छन् । न्युयोर्क टाइम्सका अनुसार निर्णायक राज्यहरूमा मतगणना जारी रहेका बेला देशका विभिन्न भागमा हरेक भोटको गणना हुनुपर्ने र मतगणना  रोक्नुपर्ने माग गरी प्रदर्शन भएका हुन् ।

अहिले डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेनले हरेक मत गणना हुनुपर्ने माग गरेका छन् भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले केही राज्यको मत गणना रोकिनु पर्ने बताएका छन् ।
ओरेगनको पोर्टल्यान्डमा हरेक भोट गणनाको माग गरिरहेका प्रदर्शनकारीहरू प्रहरी दमनको विरोध र जातीय न्याय माग गरिरहेका अरू प्रदर्शनकारीहरूसँग मिसिएका थिए । पछि त्यहाँबाट छुट्टिएको समूहले केही पसलका सिसाहरू फुटाइदिएका थिए ।  प्रहरीले उक्त प्रदर्शनलाई हुलदंगा भनेको छ । उता मिनियापोलसमा प्रदर्शनकारीहरूले  इन्टरस्टेट ९४ राजमार्ग बन्द गरेका छन् । प्रहरीले भीड हटाउन केहीलाई पक्राउ गरेको छ ।

aawash steels

यस्तै सिकागो, न्युयोर्क, फिलाडेल्फियामा प्रदर्शनहरू भएका छन् । त्यहाँका पनि केही प्रदर्शनकारीले रिपब्लिकनहरू चुनावमा प्रभाव पार्न खोजेको भन्दै सबै भोटहरू गन्नुपर्नेमा माग गरेका छन् भने केही ठाउँमा भएका प्रदर्शनमा कुनै स्पष्ट माग उठाइएका छैनन् ।

डेट्रोइटमा राष्ट्रपति ट्रम्प समर्थकले मतगणना रोक्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । ट्रम्पले आफूलाई हराउन अवैधानिक मतपत्रलाई पनि गणना गरिएको आरोप लगाएका छन् ।
अमेरिकामा मंगलबार राष्ट्रपतिका लागि मतदान भएको थियो । केही राज्यहरूको अन्तिम परिणाम आउन बाँकी रहेकाले अहिलेसम्म विजेता घोषणा हुन सकेको छैन ।

super kinetic courier

अन्तिम टुंगो नलागे पनि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् । बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन् । राष्ट्रपति चुनिन २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ ।

अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन् ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…