बुधवार आजसम्मकै धेरै तीस जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप ३० संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

यो मृत्युदर अहिलेसम्मकै उच्च रहेको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ३४ जना पुगेको छ। बुधबार देशभर पछिल्लो २४ घन्टायता ३ हजार ३ सय ९ जना कोरोना (कोभिड(१९) संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ४४ पिसिआर परीक्षण गरिएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पछिल्लो एक दिनमा ३८ सय ४४ जनाले कोरोनालाई जितेको जानकारी दिए।

नेपालमा पहिलो पटक गत जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएकी थिइन्। नेपालमा २०७६ माघदेखि नेपालमा कोरोना फैलिएको हो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…