“आत्महत्या दुरुत्साहन” मुद्दामा विवादित भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

भारतका विवादित पत्रकार तथा भारतीय न्युज च्यानल रिपब्लिक टीवीका चिफ एडिटर अर्नव गोस्वामी एक आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ परेको भारतीय दैनिक पत्रिका दैनिक भास्करले जनाएको छ । उनलाई बुधवार बिहान मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरिएको छ।

गोस्वामी माथि सन् २०१८ मा एक ५३ वर्षीय इन्टरियर डिजाइनर अन्वय नाइक र उनको आमाको आत्महत्याको लागि दुरुत्साहन गरेको आरोप लागेको छ। उनले आफुलाई पक्राउ गर्न आएका प्रहरीले आफु माथि हातपात गरेको आरोप लगाएको समाचारमा उल्लेख छ ।

नेपाल र भारत बीच सिमा विवाद बढेको बेला आफ्नो टेलिभिजन च्यानल मार्फत नेपाल माथि अनेक लाल्चाना लगाउने विवादित भारतीय च्यानल र पत्रकारहरु मध्ये उनि अग्र स्थानमा रहेका थिए। उनको यस्तो हर्कतको कारण नेपालीहरु माझ उनि निकै विवादित बनेका थिय।

उनि भारतमा निकै विवादित पत्रकारको रुपमा चिनिन्छन् । विश्व चर्चित टेलिभिजन च्यानल अल्जजिराले सन् २०१९ मा उनलाई विस्वको सबैभन्दा विवादित टेलिभिजन कार्यक्रम चलाउने पत्रकारको संज्ञा दिएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…