
कार्तिक १९, काठमाडौँ । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ।
महराका पुर्व प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार बुधबार बिहान ६:३० बजे उपचारका क्रममा उनको निधन भएको हो । दशैंमा पुख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।
निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उनलाई १५ गते देखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। उनको पिसिआर चेक गर्दा रिपोर्ट पोजेटिभ आएको मल्लले जानकारी दिए ।
सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।