गुल्मीमा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला निर्माण गरिदैँ

siddhartha wheel mart

बुटवल । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ ।

गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो । ‘शहीद लखन थापा स्मृति रङ्गशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटवल ग्राउण्ड तयार गर्ने र दुवो रोप्नेलगायत काम भएका छन् । राष्ट्रिय खेलकूद परिषद्मार्फत रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको छ । रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७४-०७५ मा उपभोक्तामार्फत १८ लाख र आव २०७५-०७६ मा दुई करोड ८० लाख खर्च भएको छ ।

aawash steels

दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामका लागि राष्ट्रिय खेलकूद परिषद्ले वोलपत्र आह्वान गरिसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए । खेल मैदानमा रोपिएको दुवोलाई सिँचाइको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ । कूल १०५ मिटर लम्वाई र ६८ मिटर चौडाई रहेको सो फुटबल मैदान १५ हजार दर्शक अटाउने क्षमताको छ । सो रङ्गशालालाई मदन भण्डारी राजमार्गले छोएको छ ।

रङ्गशाला नजिकै विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स र धुर्कोट गाउँपालिकाको वस्तुस्थित विचित्र गुफा छन् । गाउँमै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण हुने भएपछि स्थानीयवासीमा उत्साह देखिएका छन् । “रङ्गशाला निर्माण भएपछि यहाँ आर्थिक विकासका थुप्रै ढोका खुल्नेछन्”, स्थानीयवासी बोमलाल भण्डारीले भने, “सकेसम्म छिटै निर्माण सम्पन्न भए हुन्थ्यो ।”

super kinetic courier

रासस

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…