सर्वोच्च अदालतमा भिटेन

siddhartha wheel mart

काठमाडौँ, १८ कात्तिक – भिटेन उपनामले चिनिने र्‍यापर समिर लामा अदालतको शरणमा पुगेका छन् । उनको नयाँ गीतका बोलमा अपाच्य शब्द भएको भन्दै प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको खोजीमा रहेका उनी अदालतको शरणमा पुगेका हुन् ।

भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निशेधाज्ञा सम्बन्धि रिट निवेदन दर्ता गराएका थिए ।

aawash steels

पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा मंगलबार निवेदन उपरको सुनवाइ सकिएको छ ।

उनले केही दिन अघि सार्वजनिक गरेको नयाँ गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।

super kinetic courier

पारा बोलको सो र्‍याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोले अनुसन्धान गरिरहेको थियो । प्रहरी प्रधान कार्यालयले १५ कात्तिकमा अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको थियो ।

भिटेनको पारा बोलको गीत उनले प्रहरी अनुसन्धान सुरु भएपछि युट्युबमा प्राइभेट गरेका छन् । उनको गीत नेपालमा ट्रेन्डिङमा थियो ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…